Comments Add Comment

संविधान संशोधन गर्न चाहिने दुई तिहाई सरकारसँग छैनः प्रचण्ड

२० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चालाई पनि साथमा लिएर चुनावमा जाने प्रयास भइरहेको बताएका छन् । कुनै पनि अतिवादले मुलुकलार्इ हित नगर्ने भन्दै उनले मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मधेसी जातीय समन्वय समाजका पदाधिकारीसँग भएको भेटमा प्रचण्डले भने, ‘मोर्चालाई पनि मिलाएर जाने प्रयास भइरहेको छ । सबै मिलेर देशलाई अतिवादतिर जान दिन भएन ।’

उनले अघि भने, एउटा अफ्ठेरो संविधान संशोधन गर्नुपर्छ, त्यसका लागि दुई तिहाई बहुमत चाहिन्छ । दुई तिहाई सरकारसँग छैन ।’

समाजले मधेसको माग सम्बोधन गरेर मात्रै निर्वाचनमा जानुपर्ने लगायतका मागसहितको १० बुँदे ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाएको छ । विभिन्न २३ वटा जातीय संगठनद्धारा हस्ताक्षरित ज्ञापन-पत्रमा सप्तरी घटनाका दोषीमाथि कडा कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment