Comments Add Comment

कमल थापाले आचारसंहिता उल्लंघन गरेको निर्वाचन आयोगको ठहर

राप्रपा नेता भन्छन्- आचारसंहिता उल्लंघन भएको छैन होला


२२ चैत, काठमाडौं । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापालाई स्पष्टीकरण सोध्ने बताएको छ । आयोगले उपप्रधानमन्त्री थापा आचार संहिताविपरीत केही जिल्लाको भ्रमणमा रहेकोमा ध्यानाकर्षण भएको जनाएको हो ।

अनलाइखबरसँगको कुराकानीमा निर्वाचन आयुक्त सुधीर शाहले भने, ‘मन्त्रीहरु आयोगको अनुमतिमा जिल्ला सदरमुकामसम्म जान सक्नुहुन्छ, त्यो पनि सरकारको कामका लागि मात्रै ।’

तर, उपप्रधानमन्त्री थापाले स्याङ्जा, बाग्लुङ्गमा कार्यकर्तासँग भेट्नेबारे आयोगलाई कुनै जानकारी गराएका थिएनन् । यसबारे आयोगले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

उपप्रधानमन्त्री थापा आइतबार स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकास्थित सिरुबारी गएका थिए । स्याङ्जा सदरमुकाम तलीबजारबाट दुई घण्टाको पैदल दूरीमा रहेको सिरुवारीमा पुगेर कमल थापाले आफ्ना कार्यकर्ताहरुसँग छलफल गरेका थिए । सो क्रममा उनले राप्रपा नेपालका तत्कालीन स्वर्गीय महामन्त्री चन्द्रबहादुर गुरुङको घरमा समेत पुगेका थिए ।

स्याङजाबाट उपप्रधानमन्त्री थापा पोखरा हुँदै सोमबार बाग्लुङ गए । थापाले बाग्लुङ्गमा पार्टी कार्यकर्तालाई सम्बोधन गरेका थिए ।
आचार संहिता उल्लंघन भएको छैनः बर्तौला यसैवीच राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले मन्त्री थापाबाट आचार संहिता उल्लंघन नभएको जिकिर गरे ।

बर्तौलाले भने- ‘मन्त्रीज्यु जिविसको कार्यक्रम पूर्वनिर्धारित कार्यक्रममा जानुभएको हो, स्याङजामा जनतासँगको भेटघाटको कुरा हो, जनताले खानेपानी लगायतको गुनासा लिएर आएका हुन्छन्, जनतासँगको भेटघाट हो, जिविसको कार्यक्रममा जाँदा कार्यकर्ता भेटघाट भए पनि सभा जुलुस गरिएको होइन ।’

मन्त्री थापाले बाग्लुङमा कालिका मन्दिर दर्शन गर्नुका साथै जिविसमा स्थानीय तह संरचना लगायतका विषयमा भएको प्रगति समीक्षा बैठकमा भाग लिएको बर्तौलाले बताए । साथै मन्त्री थापा त्यहाँ चैते दशैंका अवसरमा आयोजित मेलामा सहभागी भएको उनले बताए ।

यो पनि पढ्नुस्

‘डेरा’ खोज्दै उपप्रधानमन्त्री कमल थापा स्याङजामा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment