+
+
Shares

२८ दलले पाए चुनाव चिन्ह, कसको के ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २३ गते २०:१४

२३ चैत, काठमाडौं । निर्वाचन आयोगले संसदमा भएका २८ दललाई स्थानीय तहको निर्वाचनका लागि चुनाव चिन्ह प्रदान गरेको छ ।

आयोगले बुधबार दलहरुलाई चुनाव चिन्ह दिएको हो । सबै दलले पुरानै चुनाव चिन्ह दिएको छ ।

आयोगले चुनाव चिन्ह दिएका दुई दलले भने बुधबार नै फोरम लोकतान्त्रिकसँग पार्टी एकता गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाति पार्टीले फोरम लोकतान्त्रिकसँग एकता गरेका हुन् ।

स्थानीय चुनावमा भाग लिने अन्य दलले भने स्वतन्त्र हैसियतमा चुनाव चिन्ह पाउनेछन् ।

आयोग सम्पूर्ण रूपले निर्वाचनमा जुटेको छ: प्रमुख आयुक्त

यसैबीच प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले वैशाख ३१ गते निर्वाचन गराउने दिशामा आयोग केन्द्रित भएको बताएका छन् ।उनले भने, आयोग वैशाख ३१ गते निर्वाचन गराउन सम्पूर्णरूपले तयारीमा जुटेको छ, राजनीति तह र मिडियामा आएका विषयमा आयोग पछि लाग्दैन ।’

उनले अघि भने, ‘दुई चरणमा निर्वाचन हुनुपर्ने भन्ने विषयमा राजनीतिक तहमा छलफल चलेको भनेर मिडियामा आएको हामीले पनि सुन्यौँ तर ,सुनेको आधारमै आयोगले आफ्नो धारणा बनाउँदैन, आयोग आफ्नो कार्यतालिका अनुसार नै काम गरिरहेको छ ।’

छ जिल्लाको मतदाता परिचयपत्र छापियो

प्रमुख आयुक्त यादवले आज मतदाता परिचयपत्र छपाइ कार्यको स्थलगत निरीक्षण गरे। आयोग परिसरमै छापिइरहेको मतदाता परिचयको छपाइ कार्य तीव्ररूपमा भइरहेको छ । बुधबारसम्म मनाङ, मुस्ताङ, रसुवा, तेह्रथुम, ताप्लेजुङ र गोरखा जिल्लाको मतदाता परिचयपत्र छापिसकिएको छ ।

कुन दलको चुनाव चिन्ह के ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?