Comments Add Comment

मोर्चा सहमतिमा आए दुई चरणमा चुनावः गृहमन्त्री

२५ चैत बिराटनगर । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले मधेसी मोर्चा चुनावमा सहभागी भएको खण्डमा सरकारले दुई चरणमा स्थानीय चुनाव गर्न बताएका छन् ।

बिराटनगरमा सम्पन्न क्षेत्रीय सुरक्षा गोष्ठीपछि आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले हिमाल, पहाड र तराईका सबै पक्ष निर्वाचनमा सहभागी भए सरकार दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न तयार रहेको बताए ।

उनले भने, ‘दुई चरणको चुनाव गराउन सरकार तयार छ त्यसका लगि माओवादी केन्द्र, काग्रेस, एमाले, मधेसी लगायतका सबै दलहरुको सहमति अपरिहार्य हुन्छ ।’

गृहमन्त्री निधिले चुनाव अघि र चुनाव सम्पन्न भएपछिको सुरक्षाका लागि सरकारले सवै तयारी पूरा गरिसकेको जानकारीसमेत दिए ।

‘आवश्यक परेको खण्डमा सवै खालका सुरक्षा रणनिति अपनाइने छ अहिले सोही तयारीमा सरकार जुटेको छ ।’ गृहमन्त्रीले भने ।

गृहमन्त्री निधिले चुनाव विथोल्न कस्ता समूह लागेका छन् भन्ने पहिचान भइसकेको जानकारी दिँदै सोही अनुसारको सुरक्षा रणनीति वनाइएको प्रष्ट पारे ।

उनले भूमिगत समूह र अपारधिक समूहलाई पहिचान गरी फरक सुरक्षा फेस सरकारले गर्नेछ त्यसैगरी शानितपूर्ण राजनितिक दलका लागि सोही तवरमा सरकार प्रस्तुत हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment