Comments Add Comment

बच्चालाई योगः रोगसँग लड्ने क्षमता र एकग्रता बढाउन


अहिले बच्चाहरु शारीरिक रुपमा निस्क्रिय हुँदै गएको छ, जो अभिभावकको निम्ति ‘टाउको दुखाई’ बिषय बन्दैछ । मोवाइल, ट्याबलेट, ल्यापटपको गेम र भिडियोमा लिप्त हुँदै गएका बच्चाहरु शारीरिक खेलकुदमा उति जाँगर चलाउँदैनन् । यहि कारण अहिलेका बच्चामा मोटोपन बढ्दै गएको र मधुमेहको जोखिममा पर्दै गएको अध्ययनहरुले देखाएको छ ।

हरेक अभिभावक चाहन्छन्, आफ्नो बच्चा स्वस्थ्य होस्, तन्दुरुस्त होस्, निरोगी होस्, बौद्धिक होस्, समझदार होस् । तर, अभिभावकले चाहे जसरी बच्चालाई कसरी बदल्ने । उनीहरुको आनीबानी, व्यवहार, सोच्ने शैलीमा कसरी सकारात्मक परिवर्तन ल्याउने ? राम्रो विकल्प हो, योग ।

योग भन्नसाथ वयस्क वा बृद्धवृद्धाका लागि मात्र आवश्यक छ भन्ने सोचाई आउँछ । तर, योगमा उमेरको भेद छैन । यद्यपी उमेर अनुसार कस्तो आसन वा विधी अपनाउने भन्ने कुराको चाहि ख्याल गर्नुपर्छ ।

भर्चुअल गेम, स्कुलको होमवर्क, शिक्षकको असाइमेन्ट, अभिभावकको नियन्त्रणले पनि बच्चाको मानसिक तथा शारीरिक स्वस्थ्य खराब हुँदै गएको छ । यस्तो अवस्थामा योग निकै उपयोगी हुन्छ, जसले बच्चालाई तन्दुरुस्त र चुस्त राख्न सहयोग गर्छ । किन गर्ने त योग ?

–    सानैदेखि योगमा अभ्यास गराइयो भने उनीहरुले यसलाई आफ्नो जीवनशैलीकै एक हिस्साको रुपमा अंगाल्नेछन् ।

–    शारीरिक एवं मानसिक विकास सहि ढंगबाट हुन पाउँछ ।

–    उनीहरुमा नकारात्मक धारणा विकास हुन पाउँदैन । नराम्रो काम गर्न मन जादैन ।

–    बच्चाको शरीर लचिलो हुन्छ, उनीहरुलाई सानैदेखि योगाभ्यास गराइयो भने जतिसुकै जटिल आसन पनि गर्न सक्षम हुन्छन् ।

–    बच्चा जीवनभर रोगी हुँदैनन् ।

१. शारीरिक स्वस्थ्यका लागि

योगले बच्चाको शारीरिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ । यसले उनीहरुको शरीर लचिलो, फुर्तिलो र बलियो हुन्छ । बाल्यकालबाटै फिट एन्ड फाइन राख्नका लागि योग महत्वपूर्ण हुन्छ ।

२. एकाग्रता बढाउँछ

योगले शरीरको विकार हटाउँछ । रक्तप्रवाह सुचारु हुन्छ । जब शरीर स्वस्थ्य हुन्छ, मानसिक रुपले पनि बच्चाहरु स्वस्थ्य हुन्छन् । त्यस्तै योग एवं ध्यानले मस्तिष्क र मनलाई एकाग्रता बढाउन सहयोग गर्छ । परिणामतः उनीहरु पढेको कुरा सजिलै स्मरण गर्न सक्छन् ।

३. रोगसँग लड्ने क्षमता बढाउने

नियमित योगले बच्चाको रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । किनभने योगले आन्तरिक अंगलाई प्राकृतिक रुपमै बलियो र तन्दुरुस्त बनाउँछ । परिणमतः वाह्य रोगले आक्रमण गर्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment