Comments Add Comment

घाँस काट्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

२९ चैत, पोखरा । रुखमा चढेर घाँस काट्ने क्रममा करेण्ट लाग्दा पोखरामा एक जनाको ज्यान गएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ छिनेडाँडामा रुखमा चढेर घाँस काट्ने क्रममा हाइडेन्सन लाइनमा ठोक्किँदा करेन्ट लागेर पुष्कर नेपालीको ज्यान गएको हो ।

सल्यान फल्वाङ घर भई पोखरा-१४ खसीबजार बस्ने २० वषर्ीय नेपाली छिनेडाँडास्थित राधाकृष्ण टोलमा पाखुरीको बारीमा रहेको रुखमा घाँस काट्न गएका थिए ।

घाँस काट्ने क्रममा करेण्ट लाग्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अबैध लागूऔषधसहित एक पक्राउ

यसैबीच वडा प्रहरी कार्यालय बगरको टोलीले अबैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पोखरा-२ भैरबटोलबाट सिलास तामाङलाई सोमबार कास्की प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।
गोरखा च्याङली घर भएका २० वषर्ीय तामाङको साथबाट डाइजेपाम, फेनरागन र नर्फीम ४४-४४ थान, नगद रु. ८७ हजार ८ सय ५० र १ थान मोबाइल सेट बरामद गरेको छ ।
तामाङलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment