+
+

परिणितीको अगाडि कपिल र सिद्धुको अश्लील जोक्स

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३० गते ९:००

सुनील ग्रोवरको बहिर्गमनपछि आफ्नो शोलाई बचाउन कपिल शर्मालाई धौधौ परिरहेको छ । अब उनी आफ्नो शोको भ्युअर्स बढाउन अश्लील तथा दोहोरो अर्थ लाग्ने जोक्स पनि सुनाउन थालेका छन् । यसमा नवजोत सिंह सिद्धुले पनि उनलाई साथ दिइरहेका छन् ।

हालै अभिनेत्री परिणिती चोपडा र आयुष्मान खुराना आगामी फिल्म ‘मेरी प्यारी बिन्दू’ को प्रमोसनका लागि कपिलको शोमा पुगेका थिए । त्यतिबेला सिद्धु र कपिलले दोहोरो अर्थ लाग्ने जोक्सहरु प्रयोग गरिरहेको देखियो ।

गत ८ अप्रिलमा टेलिकास्ट भएको एपिसोडको एक स्लटमा सिद्धु कपिललाई भन्छन्, ‘त्यसो भए बिहे गर, ४० वर्षपछि सेल खत्तम हुन्छ ।’ जवाफमा कपिल भन्छन्, ‘हाम्रो सेलवाला सिस्टम छैन, हामी जेनेरेटरमा चल्छौं ।’

त्यसपछि कपिलले परिणितीसँग तमिल भाषामा कुरा गर्न भन्छन्, तर उनले आफूलाई तमिल नआउने बताउँछिन् । यस क्रममा परिणीतिले अडियन्ससँग सोध्छिन्- ‘कसैलाई तमिल आउँछ ?’

यसबीच सिद्धुले त्यहाँका फोटोग्राफर दास दादाको नाम लिन्छन् । जब दास परिणिती र कपिलसँग कुरा गरिरहेका हुन्छन्, बीचैमा सिद्धु बोल्छन्, ‘एउटा कुरा पक्का छ, यिनको सेल खत्तम भइसकेको छ ।’

त्यसपछि आयुष्मानले सोध्छन्, ‘तपाईंलाई कसरी थाहा भयो ?’

जवाफमा सिद्धुले एउटा दोहोरो अर्थ लाग्ने र भल्गर खालको किस्सा सुनाउँछन् । उनी भन्छन्, ‘हामीकहाँ एक एमपी छन्, उनको नाम म लिन्नँ । उनी धेरै मोटा थिए । एक दिन पाइन्ट लगाएर आए । बाथरुम सकेर फर्किँदा मैले भनेँ कि पाजी तपाईंको पोस्टअफिस खुला छ । उनले जवाफ दिए, काका, जुन आलमारीको खजाना लुटिसकिएको हुन्छ, त्यसमा ताल्चा लगाइँदैन !’

कपिलको शोमा भल्गर जोक गरेको भन्दै पञ्जावमा सिद्धुविरुद्ध उजुरी परेको छ । पञ्जाब र हरियाणा हाइकोर्टका वकिल एचसी अरोडाले उजुरी गरेका हुन् ।

पञ्जाब चीफ सेक्रेटरी करण ए सिंहलाई दिइएको उजुरीमा भनिएको छ, ‘शनिबार मैले राति ९ बजेदेखि १०ः१५ बजेसम्म कपिलको शो हेरेँ । कपिलको कमेडी र खासगरी नवजोत सिंह सिद्धुको जोक्स भल्गर र दोहोरो अर्थका संवादले भरिएका थिए ।’

यस विषयमा शोका स्क्रिप्ट राइटर वंकुश अरोडाले सिद्धुले स्क्रिप्टभन्दा बाहिर गएर उक्त संवाद बोलेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?