Comments Add Comment

आर्थिक समाचार: वरिष्ठ उपाध्यक्षमा गोल्छा

३० चैत, काठमाडौं । काठमाडौंवाट प्रकाशित दैनिक पत्रिकाको आर्थिक पृष्ठमा उद्योग वाणिज्य महासंघ निर्वाचनको समाचारले महत्व पाएको छ । प्राय पत्रिकाले वरिष्ठ उपाध्यक्षमा गोल्छालाई मुख्य समाचार बनाएको छ ।

कारोबोर दैनिकले वरिष्ठ उपाध्यक्ष गोल्छालाई मुख्य समाचार बनाएको छ भने प्राकृतिक ग्यासबाट वार्षिक १० अर्ब बचत हुने समाचार लेखेको छ ।
त्यस्तै नागरिक दैनिकले पनि वरिष्ठ उपाध्यक्षमा गोल्छालाई मुख्य समाचार बनाएको छ । नेप्से पाँच महिनायताकै उच्चलाई लेखेको नागरिकले भारतीय प्रस्ताव अनुसार ४ हजार ५ सय भारु साटिने समाचार लेखेको छ ।

अनौपचारिक व्यापार साढे ३५ प्रतिशतलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । स्थानिय तहसम्म पैसा पुग्ने कार्यक्रमलाई पनि नयाँ पत्रिकाले लेखेको छ । त्यस्तै पाइलट अभावले सिंगल इन्जिन जहाज थन्किएलाई नयाँ पत्रिकाले लेखेको छ ।

महासंघमा अब भवानी राणाको नेतृत्वलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । सबै स्थानिय तहमा एक बैैकलाई लेखेको अभियानले ७ वर्षमा पनि सम्पन्न भएन निर्माणलाई लेखेको छ ।

बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह सन्दर्भमा एक वर्षमै सवा चार खर्ब बढ्योलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । हायातसँगको सम्झौता तोडिनेलाई अन्नपूर्णले लेखेको छ भने वित्तीय क्षेत्र सुधारमा विश्व बैंकको पौने ११ अर्बलाई अन्नपूर्णले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment