Comments Add Comment

श्रृष्टीदेखि आयुष्मानसम्म, जो यो बर्ष चम्किए (भिडियो रिपोर्ट)

बर्ष २०७३ मा नेपाली चलचित्रले निकै प्रतिभावान् कलाकार पायो । नयाँ कलाकारको आगमन हरेक बर्ष हुँदा कलाकारको अभाव त हुदैन नै, दर्शकले पनि नयाँ नयाँ कलाकारको अभिनय हेर्न पाउँछन् । यो बर्ष पनि हामीले केहि यस्ता कलाकारलाई चलचित्र क्षेत्रमा पाएका छौ, जसले आउँदा दिनहरुमा यो क्षेत्रलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिन सक्छन् ।

निर्माता तथा निर्देशक आकाश अधिकारीले आफ्नो प्रोजेक्ट ‘के म तिम्रो होइन र’बाट नायक आर्यन अधिकारी र नायिका मरिष्का पोख्रेललाई चलचित्र क्षेत्रमा भित्राए । आर्यन शरीर बनाएर यो क्षेत्रमा आए, जसले गर्दा उनको तारिफ राम्रै भयो । आर्यनको शरीरसँगै उनको अभिनय, नृत्यको पनि चर्चा भयो । संभावना बोकेकै कारण आर्यनले ‘बटरफ्लाई’ र एक अनटाइल चलचित्रमा काम गरिसकेका छन् ।

उनीसँगै चलचित्र क्षेत्रमा भित्रिएकी मोडल, मरिष्का पोख्रेललाई पनि दर्शकले रुचाए । मरिष्काले यो बर्ष ‘के म तिम्रो होइन र’सँगै ‘चपली हाइट २’ मा पनि काम गरिन् । दुबै चलचित्रमा उनको अभिनय, स्टाइललाई रुचाइयो ।

चलचित्र ‘चपली हाइट २’ बाटै दर्शकले नव-नायक आयुष्मान देसराजलाई पनि पाए । उनले यो चलचित्रमा गरेको बेजोड अभिनयको फ्यान धेरै भए । उनको लुक्सका कारण यूवतीहरुमा उनको क्रेज राम्रो बन्यो । आयुष्मान अहिले चलचित्र ‘कथा काठमाण्डौ’को छायांकनमा व्यस्त छन् । आयुष्मानलाई नेपाली चलचित्रमा संभावना बोकेको नायकको रुपमा हेरियो ।

‘चपली हाइट २’ बाटै डेब्यू नायिकको रुपमा भित्रिएकी परमिता आर एल राणाले पनि दर्शक, मिडिया र फिल्मीकर्मीको मन जितिन् । उनको बोल्ड अवतार, विन्दास अभिनयको फ्यान धेरै भए ।

पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले पनि चलचित्र ‘गाजलु’ मार्फत यसै बर्ष रजतपटमा डेब्यू गरिन् । श्रृष्टीको सुन्दरता, फिगरको फ्यान त उनी मिस नेपाल भएदेखि नै धेरै थिए । तर, गाजलुमा उनले निर्वाहा गरेको कुमारीको भूमिकाले पनि दर्शकको मन जित्यो ।

हामीले माथि उल्लेख गरेका ५ जना कलाकार यो बर्ष नै चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् र उनीहरुको डिमाण्ड छोटो समयमा नै चलचित्र क्षेत्रमा बढेको छ ।

यी बाहेक, आकाश श्रेष्ठ, ज्योत्सना योगी, दिया पुन, रेश्मा घिमिरे लगायतका नयाँ कलाकारले पनि संभावना देखाएका छन् । यो बर्ष निर्माताहरुले नयाँ नयाँ नायिकाको खोजी खुबै गरे । यो बर्ष धेरै नायिकाहरु चलचित्र क्षेत्रमा भित्रिएका छन् । जसले अर्को बर्ष आफ्नो कामको रिजल्ट देखाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment