Comments Add Comment

निर्वाचन कसैले रोक्न सक्दैन : मन्त्री केसी

३० चैत, काठमाडौँ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मुलुकमा आसन्न स्थानीय तहको चुनाव कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको अन्तक्रियामा उनले करिब दुई दशक पछि हुन लागेको स्थानीय निर्वाचनप्रति देखिएको जनलहरले अब निर्धारित समयमै चुनाव हुने वातावरण बनाएकोे बताए ।

मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन उनीहरुको सुझावअनुसार संविधान संशोधनको नयाँ प्रस्ताव ल्याइएको बताउँदै उनले यसमा उनीहरु सन्तुष्ट भई चुनावमा सहभागी हुनुपर्ने सुझाव दिए ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार चक्रपाणि खनालले निर्वाचनमा पराजित हुने भयले मधेसी मोर्चाले चुनावमा सहभागी नहुने निर्णय गरेको बताउँदै उनीहरु चुनावमा नआए पनि तोकिएको समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसी मोर्चासँग छलफल नगरीकन दोस्रोपटक संशोधनको विधेयक ल्याइएकोमा असन्तुष्टि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment