Comments Add Comment

मेलानियालाई ‘सेक्स वर्कर’ भनेको डेली मेलले माफी माग्यो, जरिवाना तिर्न राजी


३० चैत, काठमाडौं । व्रिटेनको अखबार डेली मेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानियालाई ‘सेक्स वर्कर’ भनिएकोमा माफी माग्दै जरिवाना तिर्न राजी भएको छ ।

डेली मेलको अनलाइन संस्करणले मेलानियाको मोडलिङ करियरबारे लेख छापेको थियो जसमा ‘एस्कर्ट’ अर्थात् सेक्स वर्करको रुपमा मेलानियाले काम गरेको उल्लेख थियो । अमेरिकी राष्ट्रपति चुनावताका प्रकाशित उक्त लेख पछि हटाइएको थियो ।

त्यसविरुद्ध गत फेब्रुअरीमा मेलानियाले अदालतमा मानहानीको मुद्दा दायर गर्दै १५ करोड डलर क्षतिपूर्ति माग गरेकी थिइन् ।
अखबारले पनि गल्ती स्वीकार्दै हर्जाना तिर्न राजी भएको जनाएको छ ।

लण्डन हाईकोर्टमा सुनुवाईको क्रममा मेलानियाले अखबारले मागेको माफी र हर्जनालाई स्वीकारेकी थिइन् ।

यद्यपी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार ३० लाख डलरभन्दा कम राशीमा कुरा मिलेको छ ।

मेलानिया स्लोवेनियामा जन्मिएकी थिइन् र उनी सन् १९९० मा एक मोडलको रुपमा काम गर्ने सिलसिलामा अमेरिका आएकी थिइन् । उनले सन् २००५ मा डोनाल्ड ट्रम्पसँग बिहे गरेकी थिइन् ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment