Comments Add Comment

मोर्चाका नेतालाई प्रचण्डको टेलिफोनः धोका भएको छैन, वार्तामा आउनुस्

सहमति अनुसार नै संशोधन ल्याएको दाबी

३१ चैत काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासँग सहमति गरेर नै संविधान संशोधनको नयाँ विधेयक ल्याइएको बताएका छन् । साथै उनले अझै मोर्चा चुनावमा आउँछ भन्ने विश्वास रहेको बताएका छन् ।

मधेसी मोर्चाले सहमति अनुसार नआएको भन्दै संविधान संशोधनको नयाँ विधेयक अस्वीकार गरेको छ र दबावमुलक आन्दोलन घोषणा गरेको छ । तर, प्रधानमन्त्री प्रचण्डले मोर्चाले धोका भयो भन्नु गलत भएको बताएका छन् ।

माओवादी केन्द्रको हेडक्वाटर बैठकमा प्रधानमन्त्री प्रचण्डले सहमति अनुसार नै संशोधन विधेयक आएको भन्दै मोर्चा चुनाव आउने विश्वास रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुसँग पनि टेलिफोनमा सम्वाद गरेका छन् । उपेन्द्र यादव, राजेन्द्र महतो लगायत मोर्चाका नेताहरु नेताहरुलाई पोन गरेर नमिलेका विषय छलफलबाटै मिलाउन तयार रहेको बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने, ‘सहमति गरेर जाऔं, अहिले आन्दोलन गर्ने बेला होइन । नमिलेका कुरा केही छन् भने पनि मिलाइन्छ भन्नुभएको छ ।’

संघीयता, गणतन्त्र, समानुपातिक समावेशी, धर्मनिरेपक्षता लगायतका उपलब्धी संस्थागत गर्न पनि निर्वाचन अनिवार्य भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आन्दोलन छाडेर सहमतिमा आउन मोर्चाका नेताहरुलाई आग्रह गरे ।

सम्वादका क्रममा प्रचण्डले मोर्चाका नेताहरु समेत सहभागी अनौपचारिक कार्यदलले दिएको सुझाव अनुसार नै संशोधन प्रस्ताव ल्याइएको जिकिर पनि गरेका छन् । ‘सीमांकनको विषयमा आयोग बनाएर जान तपाईंहरु राजी पनि भइसक्नु भएको हो,’ प्रचण्ड र मोर्चाका नेताहरुको कुराकानी उद्धृत गर्दै आचार्यले भने, ‘त्यही भएर अरु कुरामा केही छन् भने छलफल गरौं र तीनै तहको निर्वाचन सुनिश्चित गरौं भन्नुभएको छ ।’

मधेसी मोर्चाका नेताहरुले भने पूर्ववत अडानअनुसार नै कुरा राखेको आचार्यले जानकारी दिए ।

विगतको छलफलमा सीमांकनको विषयमा आयोग बनाएर जान तपाईंहरु राजी पनि भइसक्नु भएको हो,’ प्रचण्ड र मोर्चाका नेताहरुको कुराकानी उद्धृत गर्दै आचार्यले अनलाइनखबरसँग भने, ‘त्यही भएर अरु कुरामा केही छन् भने छलफल गरौं र तीनै तहको निर्वाचन सुनिश्चित गरौं भनेर उहाँले (प्रचण्डले)भन्नुभएको छ ।’

मोर्चाका नेताहरुले भने पूर्ववत अडानअनुसार नै कुरा राखेको आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment