Comments Add Comment

नयाँ वर्षमा अष्ट्रेलियाका नेपालीले भने-मातृभूमिमा शान्ति छाओस्

१३ अप्रील, सिड्नी । अष्ट्रिेलिया रहेका नेपालीहरुले नयाँ वर्षका अवसरमा नेपालमा शान्ति र समृद्धिको कामना गरेकाछन् ।

नयाँ वर्ष २०७४ को अवसरमा विभिन्न संघसंस्थाहरुको आयोजनामा अष्टे्रलियाका विभिन्न ठाउँमा आयोजना गएकिा शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले यस्तो कामना गरेका हुन् ।

क्यानबेरामा रहेको नेपाली दुताबासका कार्यबाहक राजदूत राजन्ऽ पाण्डेले अस्ट्रेलियामा बसोबास गर्ने सबै नेपालीको काम, ब्यवसाय र अध्ययन सफल रहोस भन्ने शुभकामना व्यक्त गरेका छन् ।

अनलाइन खबर मार्फत आफ्नो संदेश दिदै उनले आफ्नो मातृभूमी नेपाललाई यहाँ भएका नेपालीले नबिर्सन कामना गरेकाछन् ।
आधा शताब्दि अघि नेपाल छोडेका र अस्ट्रेलियामा बसाई सर्ने पहिलो नेपाली नारायण प्रधानलेभने सबैको सुस्वाथ्यको कामना गर्दै नेपालमा पनि शान्ति र समृद्धिको कामना गरे ।

नेपाली समाजका अकौ अगुवा श्रीनापितले नयाँ बर्षका अबसरमा बिदेशमा भएका नेपाली त्यो देशको अन्य समुदायसंग पनि घुलमिल हुन सकोस र आफ्नो समुदायमा बलियो एकता राख्न सफल रहोस भनी शुभकामना दिएकाछन् ।

न्यू साउथ वेल्सका लागि नेपाली बाणिज्यदुत दीपक खड्काले नयाँ बर्षको सुभकामना दिदै भने यो वर्ष नेपालीका लागि उपलब्धीमूलक बनोस भन्दै मेलमिलाप, शान्ति र समृद्धिको कामना गरे ।

भिक्टोरियाका लागि नेपाली महाबाणिज्यदुत चन्ऽ योन्जनले नेपालमा सदैव शान्ति छाओस् भन्ने कामना गरे ।

यसैगरी दक्षिण अस्ट्रेलियाका लागि नेपाली बाणिज्य दुत दीपक धमलाले नेपालीहरुमा एकता होस भन्ने शुभाकाना दिए ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष सुरेन्ऽ सिग्देलले नेपालीहरुमा सुख, शान्ति र अमनचैनको कामना गरे ।

त्यस्तै गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका न्यू साउथ वेल्स संयोजक दिनेश पोकारेलले नयाँ वर्षका अबसरमा नेपालीको उन्नति, प्रगतिको कामना गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment