+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मधेसी मोर्चाको आन्दोलनले चुनाव रोकिँदैनः भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३ गते १६:२४

३ बैशाख,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मधेशी मोर्चाको आन्दोलनले चुनाव नरोकिने बताएका छन् ।

रिपोर्टर्स क्लबले आइतबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले चुनाव लोकतन्त्रको महत्वपूर्ण चरण भएकोले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुनुपर्ने बताए ।

उनले मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनले देशको कुनै पनि भूभागमा निर्वाचन नरोकिने समेत दाबी गरे । ‘मोर्चाका नेताहरु पनि चुनावमा जान डराउनुहुँदैन्,’ उनले भने, ‘जनतामा जान किन डराउने ?’

आफ्नो पक्षमा जनता भएको दाबी गर्ने मधेशी मोर्चालाई चुनावमार्फत आफ्नो मत ल्याएर दाबी प्रमाणित गरेर देखाउन रावलले चूनौति समेत दिए ।

उनले १९ वर्षपछि हुन गैरहेको स्थानीय तहको निर्वाचन हुन दिन्नौं भनेर धम्की दिनु नेपालको अस्तित्व नै समाप्त पार्ने ठूलो चक्तव्युह रच्ने काम मात्रै भएको आरोप लगाए ।

रावलले घोषित मितिमै निर्वाचन हुने समेत दाबी गरे ।

एक फरक प्रसंगमा उपाध्यक्ष रावलले सरकारले प्रस्ताव ल्याउनुपूर्व एमाले र मोर्चासँग सहमति गरेर ल्याएको दाबी गरेपनि उक्त दाबीमा कुनै सत्यता नै नभएको जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?