Comments Add Comment

मेरा बा कतार जाँदैछन्, बिदा मिलाइदे न सरकार !

भ्रमणमा विदा दिने प्रचलन अब त रोकौं- नीलाम्बर आचार्य

४ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जाँदा र र्फकंदा सार्वजनिक विदा दिने सरकारको निर्णयको चर्को आलोचना भएको छ ।

राष्ट्रपति भारत जाँदा र फर्किँदा सार्वजनिक विदा दिने समाचार पढेपछि मुकुन्दकिशोर भट्टराईले अनलाइनखबरमै कमेन्ट गरेका छन्, ‘पर्सि बुधबार मेरा बा पनि कतार जाँदैछन् … मिल्छ भने सार्वजनिक बिला मिलाइदे न सरकार … बा’लाई हजाइजहाज चढाएर आम्छु …’

सार्वजनिक विदा धेरै भयो भन्ने आवाज आइरहेका बेला सरकारले राष्ट्रपतिको भ्रमणका अवसरमा दुई दिन विदा दिएपछि धेरैले सामाजिक सञ्जालमार्फत आपत्ति व्यक्त गरेका छन् ।

यसरी असन्तुष्टि जनाउनेमा सार्वसाधारणदेखि राजनीतिज्ञहरु समेत छन् ।

पूर्वमन्त्री निलाम्बर आचार्यले ट्वीट गरेका छन्, अतिविशिष्टका भ्रमणमा विदा दिने प्रचलन अब त रोक्नुपर्ने हो । लोकतान्त्रिक परिपाटीसित र समृद्धि निर्माणको आवश्यकतासित यस्ता विदा मेल खाँदैनन् ।’

यस्तै सांसद रविन्द्र अधिकारीले ट्वीट गरेका छन्, विदा ! विदा ! विदा ! सबैभन्दा सजिलो विदा ! समय बदलिएको छ विदा गरेर सम्मान हुँदैन, सबैमा चेतना होस् ! यस्तो विदा कहिल्यै उपयुक्त हुँदैन !’

विदाको निर्णयप्रति असन्तुष्टि जनाउने धेरैले गणतन्त्र आए पनि भ्रमणमा विदा दिने राजतन्त्रको परम्परा पछ्याएको भन्दै आलोचना गरेका छन् ।

केहीले भने पृथ्वी जयन्तीमा विदा नदिने तर, राष्ट्रपति भारत जाँदा विदा दिने निर्णय भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment