Comments Add Comment

बाथरुममा किन रोए शाहरुख खान ?

मुम्बई । बलिउड बादशाह भनिने शाहरुख खान एउटै फिल्मवाट करोडौं पारिश्रमिक लिन्छन् । विश्वभर लाखौं फ्यान छन् उनका । हेर्दा लाग्छ उनलाई नपुग्दो केही छैन । तर, किङ खानको जीवनशैली हामीले सोचे जस्तै सहज भने छैन । वेला वेलामा वाथरुममा चुकुल लगाएर रुने गरेका छन् यी कलाकार ।

सानप|mान्सिस्को इन्टरनेशन फिल्म फेष्टिवलमा उनले बेला बेलामा आफु वाथरुमको ढोका बन्द गरेर रुने गरेको सुनाए । शाहरुख अभिनित कतिपय फिल्मले बक्स अफिसमा उधुम मच्चाएका छन् त, कतिपय फिल्मको ब्यापार नाजुक पनि हुने गरेको छ । ‘जब मेरो फिल्म बक्स अफिसमा असफल हुन्थ्यो । म बाथरुम बन्द गरेर रुन्थेा ।’ अमेरिकन फिल्म निर्देशक ब्रेट र्यानरसँगको कुराकानीमा उनले भने । उनी भन्छन् ‘सफल र असफल दुबै परिस्थितीमा मान्छे रुनुपर्छ । किनकी यी दुबै कुरा धेरै दिन टिक्दैन ।’

आफ्नो वास्तविकता जहिल्यै मनन गर्नुपर्ने धारणा राख्ने शाहरुखले मेहनत गर्न भने कहिल्यै छाड्न नहुने बताए । कुराकानीको क्रममा निर्देशक ब्रेटले ‘रश आवर’को सिक्वेल बनाउन चाहेको बताए । साथै उनले शाहरुखलाई विश्वको प्रसिद्ध अभिनेताको रुपमा टिप्पणी गरे । फेष्टिवलमा शाहरुखको ‘माई नेम इज खान’ प्रदर्शन गरिएको थियो । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment