+
+
Shares

विश्वमा कुन देशसँग कति छन् आणविक हतियार ?

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ४ गते ११:५७


जब आणविक युद्धको खतराको कुरा आउँछ, यो वर्ष सन् २०१७ भयानक वर्षको रुपमा खडा हुँदैन ।

विश्वका दुई सबैभन्दा ठूला आणविक हतियारधारी देशहरु अमेरिका र रुसबीचको सम्बन्ध तनावपूर्ण बन्दै जाँदा आणविक युद्धको खतरा बढिरहेको आभाष हुँदै गएको छ । रुसले अमेरिकी राष्ट्रपति चुनावमा साइबर हमलाद्वारा हस्तक्षेप गरेको तथा सिरियामा रासायिनक हतियारको प्रयोगमा समेत रुसको हात रहेको आरोप अमेरिकाले लगाएको छ ।

उता उत्तर कोरिया समेत वाशिंटनलाई तर्साउने सक्ने आणविक हतियार निर्माणको नजिक पुगिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी युद्धपोत तथा हतियारहरुलाई आधुनिकिकरण गर्ने १ टि्रलियन डलरको परियोजनालाई निरन्तरता दिएका छन् । उता रुसले पनि हतियार सुदृढिकरणका लागि आफ्नो बजेटमा विस्तार गरेको छ ।

यी र यस्तै घटनाक्रमलाई मध्यनजर गर्दै आणविक वैज्ञानिकहरुको एक बुलेटिनमा गत जनवरीमा विश्वमा प्रलय हुने समयको प्रलय घडी ३० सेकेण्ड अगाडि धकेलिएको उल्लेख गरिएको थियो । वैज्ञानिकहरुका अनुसार अब मानव सभ्यता आफ्नो विध्वंसको कालरात्रीबाट केवल अढाई मिनेट मात्र टाढा छ ।

जनवरी यताका घटनाक्रमहरु यो अवस्थामा सुधार गर्ने खालका छैनन् ।

पछिल्ला महिनाहरुमा अमेरिका र रुसबीचको तनाव झनै बढिरहेको छ भने उत्तर कोरियाले पनि अमेरिकामा आणविक बमको वषर्ा गर्ने चेतावनी दिइएको छ । उत्तर कोरियाले एकपछि अर्को गर्दै आणविक बमको परीक्षण गरिरहेको छ ।

उत्तर कोरियामा ठ्याक्कै कति आणविक हतियार छन् भन्ने कुराको तथ्यांकमा एकमत छैन । तर विश्वका अन्य देशमा कति कति आणविक हतियार छन् भन्ने कुराको एकिन तथ्यांक छ । जस अनुसार विश्वमा सबैभन्दा धेरै आणविक देश भएका देशहरु यी हुन्:
रुस:
आणविक हतियारको जम्मा संख्या : ७ हजार
चालु भैसकेका आणविक हतियार : १९१०
प्रयोग हुन बाँकी आणविक हतियार : २३९०
काम नलाग्ने भई नष्ट गर्नुपर्ने अवस्थामा रहेका आणविक हतियार : २७००

अमेरिका
आणविक हतियारको जम्मा संख्या : ६ हजार ८ सय
चालु भैसकेका आणविक हतियार : १८००
प्रयोग हुन बाँकी आणविक हतियार : २२००
काम नलाग्ने भई नष्ट गर्नुपर्ने अवस्थामा रहेका आणविक हतियार : २८००

फ्रान्स
आणविक हतियारको जम्मा संख्या : ३ सय
चालु भैसकेका आणविक हतियार : २९०
प्रयोग हुन बाँकी आणविक हतियार : १०
काम नलाग्ने भई नष्ट गर्नुपर्ने अवस्थामा रहेका आणविक हतियार : ०
चीन
आणविक हतियारको जम्मा संख्या : २६०
चालु भैसकेका आणविक हतियार : यकिन नभएको
प्रयोग हुन बाँकी आणविक हतियार : २६०
काम नलाग्ने भई नष्ट गर्नुपर्ने अवस्थामा रहेका आणविक हतियार : ०
बेलायत
आणविक हतियारको जम्मा संख्या : २१५
चालु भैसकेका आणविक हतियार : १२०
प्रयोग हुन बाँकी आणविक हतियार : ९५
काम नलाग्ने भई नष्ट गर्नुपर्ने अवस्थामा रहेका आणविक हतियार : ०
पाकिस्तान

आणविक हतियारको जम्मा संख्या : १४०
चालु भैसकेका आणविक हतियार : ०
प्रयोग हुन बाँकी आणविक हतियार : १४०
काम नलाग्ने भई नष्ट गर्नुपर्ने अवस्थामा रहेका आणविक हतियार : ०

भारत
आणविक हतियारको जम्मा संख्या : १२०
चालु भैसकेका आणविक हतियार : ०
प्रयोग हुन बाँकी आणविक हतियार : १२०
काम नलाग्ने भई नष्ट गर्नुपर्ने अवस्थामा रहेका आणविक हतियार : ०

इजरायल
आणविक हतियारको जम्मा संख्या : ८०
चालु भैसकेका आणविक हतियार : ०
प्रयोग हुन बाँकी आणविक हतियार : ८०
काम नलाग्ने भई नष्ट गर्नुपर्ने अवस्थामा रहेका आणविक हतियार : ०

उत्तर कोरिया
आणविक हतियारको जम्मा संख्या : ८
चालु भैसकेका आणविक हतियार : एकिन नभएको
प्रयोग हुन बाँकी आणविक हतियार : ८
काम नलाग्ने भई नष्ट गर्नुपर्ने अवस्थामा रहेका आणविक हतियार : ०
बिजनेस इनसाइडर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?