+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

आन्दोलनको मोर्चामा राप्रपा पनि थपिने ! सरकार छाड्ने धम्की

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ४ गते २०:४१

४ बैशाख, काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टीको विधानबाट ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाउने निर्वाचन आयोगको निर्णयविरुद्ध आन्दोलन चर्काउने भएको छ ।

राप्रपाका नेताहरुले आयोगको निर्णय नसच्चिए सरकारबाट बाहिरिने र चुनावमा भाग नलिने अवस्था समेत आउन सक्ने धम्की दिएका छन् ।

दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्ति पार्टीसहितका ६८ दल आन्दोलनमै छन् । उनीहरुले दलीय चुनाव चिन्ह नपाए चुनाव नै हुन नदिने बताएको छ ।

यसैवीच पार्टीको चुनावी अभियानमा काठमाडौं बाहिर रहेका उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री कमल थापाले ट्वीट गर्दै भनेका छन्- ‘बिधानबाट पार्टीको आदर्श र मुल सिद्धान्तलाई हटाउने निर्णयवारे निर्वाचन आयोगले पुनर्विचार नगर्ने हो भने राप्रपा कठोर निर्णय गर्न बाध्य हुनेछ ।’

संविधान संशोधनको माग गर्दै मधेसी मोर्चा सहितको संघीय गठवन्धनले चुनाव विथोल्ने गरी आन्दोलन घोषणा गरेको छ । यसमा अब सत्तारुढ राप्रपा पनि थपिने संकेत देखिएको छ ।

उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाको दल राप्रपाले मंगलबार देशभर आयोगको निर्णयको प्रतिलिपि जलाउँदैछ भने बैशाख ८ गते निर्वाचन आयोग घेराउ गर्ने भएको छ ।

राप्रपा उध्पाध्यक्ष राजीव पराजुुलीले अब आफूहरु धेरै दिन पर्खने अवस्थामा नरहेको बताए । आयोगमा धर्ना दिएर ज्ञापन पत्र बुझाउँदै माग सम्बोधन गर्ने आश्वासन पाएको भन्दै उनले भने, धेरै सकारात्मक कुरा भएको थियो । तर, निर्णय पुनराबलोकन हुने संकेत देखा परेन । यसले असहज परिस्थिति निर्माण गर्न सक्छ ।’

पराजुलीका अनुसार राप्रपाले सरकारबाट फिर्ता हुनेदेखि चुनावमा भाग नलिनेसम्म निर्णय गर्नेबारे सोच्न सक्नेछ । पराजुलीले भने, ‘चुनाव गराउन हामी सरकारमा गएका हौं । तर, हामीलाई नै बाहिर राख्ने षड्यन्त्र भइरहेको छ ।’

हाल राजधानी बाहिर रहेका पार्टी अध्यक्ष थापा काठमाडौं आएपछि बैठक बसेर नयाँ निर्णय लिने पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?