Comments Add Comment

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा वैशाख १० देखि

४ बैशाख, काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) वैशाख १० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ ।

शिक्षा नियमावली आठौँ संशोधनपछि कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी भनिएको छ । यसअघि कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी भनिन्थ्यो ।
राष्ट्रिय परीक्षा बोर्ड गठनपछि पहिलो पटक सञ्चालन हुन लागेको परीक्षाको सबै तयारी पूरा भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।

परीक्षामा सम्बन्धन प्राप्त क्याम्पस तथा दश जोड दुई विद्यालयका तीन लाख ५३ हजार १२ परीक्षार्थी सहभागी हुनेछन् । तीमध्ये छात्र एक लाख ७६ हजार छ सय १२ र छात्रा एक लाख ७६ हजार चार सय छन् । देशभर नौ सय ९० परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यसमा सबैभन्दा बढी काठमाडौंमा एक सय १० र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक-एक केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कार्यालय सहयोगी तथा सुरक्षाकर्मी गरी ३५ हजार परिचालन हुने जनाइएको छ ।

बोर्डले ९० दिनभित्र परीक्षाको नतिजा प्रकाशन गर्ने जानकारी दिएको छ । गत वर्ष सञ्चालित दश जोड दुईको परीक्षाफलमध्ये व्यवस्थापन विषयको एक सय सात दिन र विज्ञान विषयको ८७ दिनमा नतिजा सार्वजनिक भएको थियो ।

बोर्ड बैठकले परीक्षा अवधिभर बन्द, हडताल नगरी भयरहित वातावरणमा परीक्षा सञ्चालनमा सहयोग पु¥याउन राजनैतिक दल, तिनका भ्रातृ सङ्गठन, अभिभावक, शिक्षक एवम् सरोकार भएका सबैमा आग्रह गरेको छ ।

यस पटकको परीक्षामा प्रजिअका अध्यक्षतामा प्रत्येक जिल्लामा गठित परीक्षा समन्वय समितिलाई पूर्ण जवाफदेही र अधिकारसम्पन्न बनाइएको तथा परीक्षामा अमर्यादित काम कारबाही गर्ने व्यक्तिलाई छ महिना कैद र एक लाखसम्मको जरिवानाको व्यवस्था गरिएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment