+
+
Shares

मकवानपुरको राक्सिराङमा जिप दुर्घटना, ९ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १२:२१

२४ वैशाख, हेटौंडा । मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका–९ अठारेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

आज बुधवार बिहान खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको बोलेरो जिप सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

घाइते ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी चौकी कान्द्राङबाट प्रहरी निरीक्षक भरतकुमार खड्काको कमाण्डमा टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो । घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेर राक्सिराङ गाउँपालिका–९ बस्ने १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनकी श्रीमती करिब ७० वर्षकी फुलमाया घलान गम्भीर घाइते भएका छन् । फुलमायाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

यसैगरी, ३८ वर्षीय रुपबहादुर राउत, ४८ वर्षीय दिपक खड्का र ५० वर्षीय सुर्य अधिकारी पनि घाइते भएका छन् ।

अधिकारीको हातमा मध्यम चोट लागेको छ। १४ वर्षीय कुमार तामाङको टाउकोमा मध्यम चोट लागेको छ भने राक्सिराङ गाउँपालिका–९ का २८ वर्षीय सुजन तामाङ सामान्य घाइते भएका छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?