Comments Add Comment

यहाँका कोही बच्चा छन् प्रधानमन्त्री, त कोही कम्पनीका मालिक


यो गाउँमा गएको बेला तपाइँलाई यदि कसैले राष्ट्रपति बाख्रा चराउन गएको छ, प्रधानमन्त्री घरायसी सामान लिन बजार गएको छ भनेर भन्यो भने अचम्म नमान्नुहोला । किनकी भारतको राजस्थानस्थित बुँदी गाउँका बच्चाहरुमा कोही राष्ट्रपति छन्, कोही प्रधानमन्त्री त कोही विभिन्न मोबाइल कम्पनीका मालिक ।

खासमा यो गाउँका मानिसहरुलाई आफ्ना छोराछोरीको नाम राख्दा विभिन्न पदकोे नाम, मोबाइल कम्पनीको नाम तथा अदालतको नाम समेत राख्ने ठूलो शौख छ ।

यो जिल्लामा उच्च पदहरु, कार्यालयहरु, मोबाइल ब्राण्ड तथा एसेसरिजको नामबाट आफ्ना बच्चाको नाम राख्नु निकै सामान्य कुरा हो । राष्ट्रपति, प्रधानमन्त्री, सामसुङ, एन्ड्रोइड मात्र होइन सिमकार्ड,, चिप, जिओनी, मिस कल, राज्यपाल, हाइकोर्ट जस्ता अनौठा नामका बालबालिकाहरु उक्त गाउँमा फेला पर्दछन् ।

झण्डै ५ सय कन्जड समुदाय बस्ने उक्त गाउँ सायद दुनियाको यस्तो एकमात्र गाउँ छ जहाँ यस्तो विचित्र नाम राखिन्छ । आमरुपमा यो समुदायका मानिसहरु अशिक्षित छन् । तर यस्तो आधुनिक नाम राख्ने उनीहरुको चलनले यो बताउँछ की उनीहरु आधुनिकता र शिक्षाप्रति निकै लालायित छन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment