+
+
Shares

दीपक क्षेत्रीको उपचारका लागि ‘राज्जा रानी’ टिमबाट २ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ५ गते १४:२७


चलचित्र ‘झोला’मा कलाकार दीपक क्षेत्रीले गरेको अभिनयको फ्यान धेरै भए । तर, उनै कलाकार लामो समयदेखि घाटीको समस्याका कारण थलिएका छन् । उनको बोली राम्रोसँग निस्कदैन । उनै, कलाकारका लागि अहिले विश्वभरमा रहेका नेपालीहरुले अर्थ संकलन गरिरहेका छन् ।

चलचित्र पत्रकार संघले क्षेत्रीको उपचारका लागि आर्थिक सहयोगको अभियान सुरु गरेपछि यो परोपकारी कामले गती लिएको हो । चलचित्र पत्रकार संघ, नेपालको पहलमा केही रकम जम्मा भैसकेको छ । यसपछि, अमेरिका, अष्ट्रेलिया लगायतका विश्वभर रहेका नेपालीहरुले उनको सहयोगका लागि अर्थ संकलन गरे ।

सोमबारसम्म १० लाख भन्दा बढी रकम संकलन भैसकेको छ । उनको उपचारको काम पनि सुरु भैसकेको छ । दीपक अबको एक महिनामा आफूले आवाज पाउनेमा विश्वस्त छन् । उनै, दीपकलाइ उपचार सहयोगका रुपमा चलचित्र ‘राज्जा रानी’को टिमले २ लाख ११ हजार उपलब्ध गराएको छ ।

चलचित्रका निर्माता एम के पौडेल, निर्देशक यम थापा, नायिका केकी अधिकारी, कलाकार नाजिर हुसेनले सो रकम उनकै डेरामा पुगेर हस्तान्तरण गरेका छन् । निर्माता पौडेलले भने-‘हामी उहाँको वास्तविक आवाजमा चलचित्रको डबिङ गर्न चाहन्छौ । अहिले हामी सो दिनको पर्खाइमा छौ ।’ यो चलचित्रमा दीपकले नायिकाको बाबुको भूमिका निर्वाहा गरेका छन् । वि.सं २०४१ सालमा क्षेत्रीले चलचित्र ‘विश्वास’बाट चलचित्र यात्रा सुरु गरेका थिए ।

यसपछि, उनले डेढ सय बढी चलचित्रमा अभिनय गरिसकेका छन् । घाटीमा मासु पलाएपछि क्षेत्रीको स्वर ४ बर्षदेखि सुक्दै गएको थियो । अब, उपचार पाउने भएपछि उनी खुशी देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?