+
आईपीएल २०२६ :

ड्रेसिङ रुममा भेप प्रयोगपछि रियान पराग कारबाहीमा

२०८३ वैशाख  १७ गते १४:५२ २०८३ वैशाख १७ गते १४:५२
ड्रेसिङ रुममा भेप प्रयोगपछि रियान पराग कारबाहीमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईपीएल टोली राजस्थान रोयल्सका कप्तान रियान परागले पञ्जाब किंग्सविरुद्धको खेलमा ड्रेसिङ रुममा भेप प्रयोग गरी आचारसंहिता उल्लंघन गरेका छन्।
  • परागलाई म्याच फीको २५ प्रतिशत जरिवाना र एक डिमेरिट अंक दिइएको छ र उनले आचारसंहिता उल्लंघन स्वीकार गरेका छन्।
  • बीसीसीआईले टोली, खेलाडी र अधिकारीविरुद्ध थप कडा कारबाहीको विकल्प अध्ययन गरिरहेको जनाएको छ।

१७ वैशाख, काठमाडौं । आईपीएल टोली राजस्थान रोयल्सका कप्तान रियान पराग आचारसंहिता उल्लंघन गरेको आरोपमा कारबाही गरिएको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार भएको पञ्जाब किंग्सविरुद्धको खेलमा उनले ड्रेसिङ रुममा भेप प्रयोग गरेको पाइएपछि कारबाही गरिएको हो ।

परागलाई म्याच फीको २५ प्रतिशत जरिवाना गरिनुका साथै एक डिमेरिट अंक दिइएको छ । उनले आईपीएलको आचारसंहिता अन्तर्गत ‘खेलको प्रतिष्ठामा आँच पुर्‍याउने व्यवहार’ सम्बन्धी प्रावधान उल्लंघन गरेको जनाइएको छ।

म्याच रेफ्री अमित शर्माले गरेको यस निर्णय परागले स्वीकार गरेका छन् ।

यस घटनापछि बीसीसीआईले टोली, खेलाडी र सम्बन्धित अधिकारीविरुद्ध थप कडा कारबाहीको विकल्प पनि अध्ययन गरिरहेको जनाएको छ ।

आईपीएल २०२६ रियान पराग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय