Comments Add Comment

मधेसी मोर्चा सहभागी भए दुई चरणमा चुनाव : देउवा

बैशाख, झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनम मधेसी मोर्चा पनि सहभागी हुने भए दुई चरणमा निर्वाचन गराउन सकिने बताएका छन् ।

मंगलबार झापाको कमल गाउँपालिकामा आयोजित प्रदेश नं. १ को आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘मोर्चा सहभागी हुने भए दुई चरणमा चुनाव गराउन पनि हामी तयार छौं ।’

मुलुक चुनावको वातावरणमा होमिसकेको बताउँदै उनले देउवाले चुनावबाट भाग्दा मोर्चालाई नै घाटा हुने भन्दै निर्वाचनमा सहभागी हुन आग्रह गरे ।

मधेसी जनताले झन् बढी चुनावको तयारी गरिरहेको बताउँदै उनले प्रजातन्त्र र बहुदलीय व्यवस्था टिकाउन चुनावको विकल्प नभएको सभापति देउवाले बताए ।

सम्बोधनका क्रममा उनले संविधान संशोधन प्रस्ताव पारित गरेर अघि बढ्न पनि एमाले र मधेसी मोर्चालाई आग्रह गरेका छन् ।

सभालाई कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतले संबोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment