६ बैशाख, चितवन । चितवनमा रहेको कृषि तथा बन विज्ञान विश्वबिद्यालयले देशका बिभिन्न ६ स्थानमा कृषि र १ स्थानमा आंगिक क्याम्पस सञ्चालन गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बिश्वविद्यालय सभाको बिषेश बैठकले चालु आर्थिक वर्षभित्र नै आंगिक क्याम्पस सञ्चालनको प्रकृया अघि बढाउने निर्णय गरेको हो ।
विश्वविद्यालयले सिन्धुलीको कपिलाकोट, महोत्तरीको बर्दिवास, धनकुटाको पाखि्रवास, गोरखाको च्याङ्ली, स्याङ्जाको चापाकोट, रोल्पाको माडीचौरमा कृषि विषयको अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार गर्न गराउन कृषि बिषयमा आंगिक कलेजसञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तै, उदयपुर जिल्लाको कटारीमा बन विज्ञान क्याम्पस सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
कालिकोट जिल्लाको पादमघाट र गोरखाको घ्यालचोकमा कृषि बिज्ञान केन्द्र सञ्चालन गर्ने निर्णय भएको विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. मनराज कोलाक्षपतीले जानकारी दिए ।
प्रतिक्रिया 4