+
+

एनएमबीका ग्राहकले सिद्धार्थ विजनेस ग्रुप हस्पिट्यालिटीमा १० प्रतिशत छुट पाउने

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ६ गते १८:०९


६ बैशाख, काठमाडौं । एनएमबी बैंकका ग्राहकहरुले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्र्तगतका विभिन्न आउटलेटहरुबाट १० प्रतिशत छुट पाउने भएका छन । बैंकका ग्राहकहरुले भिसा कार्ड प्रयोग गरी सो छुट प्राप्त गर्न सक्ने छन् ।

एनएमबि बैंक र सिद्धार्थ विजनेश ग्रुप बीच भएको सम्झैतामा बैंकका प्रमुख ब्यापार अधिकृत सुदेश उपाध्याय तथा सिद्धार्थ विजनेश ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे । एनएमबी बैंकका ग्राहकहरुलाई केही अतिरिक्त सुबिधा प्रदान गरेर ग्राहक अनुभव वृद्धि गर्नु नै यस सम्झैताको मुख्य उद्देश्य रहेको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

एनएमबी बैंकले ७२ वटा भन्दा बढि शाखा कार्यालय, ५६ एटिएम, ७ एक्सटेंशन काउन्टर तथा शाखा रहित बैकिङ्ग सुविधा तथा सुलभ रेमिट सेवा संचालन गर्दै आएको छ । त्यस्तै, सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिट्यालिटी आतिथ्य उद्योगमा देशभर आफ्नो संजाल विस्तार भएको एक प्रमुख व्यापारिक समूह हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?