+
+

बलिउडमै फर्किइन् प्रियंका, सस्पेन्स फिल्ममा देखिदै

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ७ गते १२:४२


अंग्रेजी सिरियल ‘क्वान्टिको-२’ मा ब्यस्त बलिउड नायिका प्रियंका चोपडाले यही वर्ष बलिउड चलचित्रमा काम गर्ने भएकी छिन् । अनिरुधा राय चौधरीसँग काम गर्ने सम्झौता गरेकी प्रियंका अब एउटा सस्पेन्स चलचित्रमा नायिकाको रुपमा देखिने भएकी छिन् ।

आउँदो जुनदेखि सुटिङ सुरु हुने यो चलचित्र सन् २०१८ मा प्रदर्शन हुने भएको छ । केहि भारतीय मिडियाले उल्लेख गरे अनुसार अघिल्लो हप्ता मात्रै उनले अनिरुधासँग सम्झौता गरेकी थिइन् । यस चलचित्रको सुटिङ गोवा, कोलकत्ता लगायत भारतको विभिन्न शहरमा हुने भएको छ ।

‘क्वान्टिको’ मा काम गरेपछि हलिउड चलचित्र ‘बेवाच’मा मुख्य भुमिका निर्वाह गरेकी प्रियंका बलिउडमा एक्लो प्रयाशमा यो स्थानमा आउन सफल नायिकाको रुपमा चिनिन्छिन् । बलिउडमा अहिलेसम्म उनको गडफादर कोहि पनि छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?