+
+
Shares

पिपुल्स क्याम्पसमा स्ववियु निर्वाचनको मतदान जारी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ७ गते १४:०४

७ वैशाख, काठमाडौं । काठमाडौंको पकनाजोलस्थित पिपुल्स क्याम्पसमा १७ वर्षपछि विहीबार स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएको छ । विहान ८ बजेदेखि शुरु भएको मतदान जारी रहेको अनेरास्ववियुका महासचिव ऐन महरले बताए ।

यसअघि फागुन २४ गते निर्धारित चुनाव निर्वाचन आचारसंहिताको कारण देखाउँदै काठमाडौं जिल्ला प्रशासन कार्यालयले रोकेको थियो । चुनाव रोकिएकोमा बिरोध जनाउँदै अनेरास्ववियुका सभापति उम्मेदवार अदित बोहोरा र नेविसंघका अरुण घलेले सर्बोच्च अदालतमा रिट दर्ता गरेका थिए । अदालतले रिटमाथि सुनुवाई गर्दै स्ववियु चुनाव गराउन क्याम्पस प्रशासनलाई आदेश दिएपछि बिहीबारको मिति तोकिएको थियो ।

पिपुल्स क्याम्पस स्ववियु निर्वाचनका लागि १ हजार ६९ मतदाता रहेको क्याम्पस प्रशासनले जनाएको छ । चुनावमा अनेरास्ववियुका अदित बोहोरा, नेविसंघका अरुण घले र अखिल क्रान्तिकारी प्रचण्डका सुजन भुर्तेलको प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ ।

यसअघि आरआर क्याम्पसमा अदालतको आदेशपछि भएको चुनावमा अनेरास्ववियु निर्वाचित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?