Comments Add Comment

गोपाल हमालद्वारा धनगढीको मेयरमा उमेद्वारी घोषणा

८ बैशाख, कैलाली । सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा आफ्नो उमेद्वारी घोषणा गरेका छन् । ५ बर्षमा धनगढी उपमहानगरपालिकालाई देशभरिकै उत्कृष्ट र नमूना नगर बनाउने उनले उदघोष गरेका छन् ।

‘आर्थिक समृद्धिको पहिलो आधारः व्यवस्थित शहरीकरण’ भन्ने मूल नाराका साथ स्वतन्त्र उमेद्वार हमालले शुक्रबार सदरमुकाम धनगढीको एक होटल परिसरमा आफ्ना चुनावी एजेण्डा सार्बजनिक गरे ।

हमालको २८ बुँदे घोषणा पत्र सार्बजनिक गर्दै हमालले धनगढी उपमहानगरपालिकालाई मोडेल शहरको रुपमा विकास गर्ने र प्रदेश नम्बर सातको राजधानी पहल गर्ने बताए ।

हचुवाका भरमा लागू गरिएको सम्पति करलाई वर्गीकरण गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति कडाईका साथ लागू गर्ने, डुवान र नदीनाला अतिक्रमण हटाई व्यवस्थित शहर बनाउने, धनगढीलाई विषादीयुक्त फलफूल, तरकारी तथा खाद्यान्न मुक्त गरी अग्र्यानिक कृषि उब्जनी केन्द्र बनाउने लगायतका चुनावी एजेण्डा उनले सार्बजनिक गरेका छन् ।

सडकहरुको स्तरोन्नती गर्ने, अल्पसंख्यक समुदायको रुपमा रहेका रानाथारु समुदायको संस्कृति संरक्षणका लागि संग्रहालय स्थापना गरिने लगायतका विषय उनको घोषणापत्रमा उल्लेख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment