+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पौडी खेल्दै गर्दा डुबेर अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ११ गते १०:५९

२४ अप्रील, अमेरिका । अमेरिकाको उत्तरी राज्य मिनिसोटाको एक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको नदीमा डुबेर मृत्यु भएको छ ।

स्थानीय साउथवेस्ट मिनिसोटा स्टेट यूनिभर्सिटीमा अध्ययन गर्ने अर्बिन थापा शनिबार दिउँसो पौडी खेल्ने क्रममा नदी डुबेका थिए ।

मृतक थापाका आफन्त प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाका अनुसार डेढ वर्ष अघि उच्च शिक्षाका लागि उनी अमेरिका आएका थिए । उनी हस्पिटालिटी म्यानेजमेन्ट अध्ययन गर्न सन् २०१५ अगष्टमा अमेरिका आएका थिए ।

लमजुङको सुन्दरबजार-३ भोटेओढार घर भएका २० वर्षीय थापाको शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ । शनिबार नदीमा डुबेर बेपत्ता पाएका उनको शव आईतबार बिहान भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?