+
+
Shares

सलमान र लुलियाबिच झगडा !

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १२ गते ११:१३

मुम्बई । युवतीसँग छिट्टै नजिक हुन सक्ने क्षमता राख्ने सलमान खानलाई सम्बन्ध टिकाउन भने निकै समस्या पर्ने भएको छ । पछिल्लो पटक नजिकिएकी लुलिया वन्तुरलाई सलमानले बिच्क्याएको केही भारतीय मिडियाले उल्लेख गरेका छन् ।

‘सलमान र लुलियाविच ठूलै झगडा भएको छ । सम्भव त उनीहरुको सम्बन्धमा ब्रेक लागेको छ ।’ उनीहरुको झगडा पर्नुको कारण बनेको छ सलमानको ‘दबंग टुर ।

उक्त कार्यक्रममा लुलियाले गाउने रहर गरेकी थिइन् । तर, सलमानले लुलियालाई गाउने अवसर दिएनन् । सलमानको दबंग टुर १९ अप्रिलदेखि हङकङकमा सुरु भएको थियो । कार्यक्रममा सोनाक्षी सिन्हा र अक्षयकुमारले पनि प्रस्तुति दिएका थिए ।

लुलियाले सन २०१६ मा रिलिज भएको हिमेश रेशमियाको म्युजिक एल्बम ‘आपसे मौसिकी’ मा आवाज दिएकी थिइन् । रोमानियाकी मोडल एवं टेलिभिजन कार्यक्रम प्रस्तोता लुलियाले सन २०१४ मा चलचित्र ‘ओ तेरी’ मा आइटम डान्स गरेकी थिइन् ।

ऐश्वर्या राय, कट्रिना कैफलगायतसँग पनि उनको गाढा हुँदा हुँदै टुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?