Comments Add Comment

भीम रावलको आरोप- संशोधनको बखेडा झिकेर सरकारले चुनाव भाँड्न खोज्यो

१३ बैशाख, कैलाली । नेकपा एमालेका उपाध्यक्ष एवं सात नम्बर प्रदेशका संयोजक भीम रावलले कांग्रेस-माओवादी केन्द्रको गठबन्धनले संबिधान संशोधनको बखेडा झिकेर चुनाव भाँड्न खोजेको आरोप लगाएका छन् ।

नेकपा एमाले सात नम्बर प्रदेशले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले स्थानीय तह निर्वाचनको मिति घोषणा गरिसकेपछि जनतामा भ्रमको सृजना गर्ने कार्य बन्द गर्न सरकारलाई चेतावनी दिए ।

निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित वातारणमा सम्पन्न गर्ने कुरामा केन्दि्रत हुनुको सट्टा संविधान संसोधनको कुरा उठाएकोले नेकपा एमालेले विरोध गरेकोसमेत उनले प्रष्ट्याए ।

उपाध्यक्ष रावलले नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन २०७४ माघ ७ पछि अनिश्चयको खाडलमा देशलाई लैजाने र बाहिरी हस्तक्षेप निम्त्याउने खेलमा लागेको आरोपसमेत लगाए ।

उनले स्थानीय तह पुनरसंरचना आयोगले निर्वाचन आयोगलाई पठाएको प्रतिवेदन अनुसार निर्वाचन आयोगले चुनावको सम्पुर्ण तयारी पूरा गरिसकेको अवस्थामा अहिलेको सरकारले जनतालाई अल्मल्याएर षड्यन्त्र गरिरहेको आरोप लगाए ।

नेता रावलले चुनावको मिति घोषणा पछि निर्वाचान आयोगले निर्वाचन सामाग्री समेत सम्बन्धित स्थानमा पुर्‍याइसकेको अवस्थामा निर्वाचन हुनपर्ने बताउँदै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र केहि मधेस केन्दि्रत दलहरुले संविधान संशोधनको कुरा ल्याएर चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाए ।

नेपाली कांग्रेसले मंगलबार जारी गरेको घोषणापत्रप्रति नेता रावलले, नेकपा एमाले असहिष्णु र उग्र राष्ट्रबादी भएको भन्ने सुनेको भन्दै नेपालमा नाकाबन्दी हुँदा त्यसको विरुद्ध लडनु उग्रबाद हो र नेपालको सरकार र शासन व्यवस्था बाहिरी हस्तक्षेपमा चल्ने नेपाली कांग्रेसको राष्ट्रबाद बारे आफ्नो भनाई केहि नरहेको प्रतिकृया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment