Comments Add Comment

रामेछाप नगरपालिकामा कांग्रेस र एमालेका उम्मेदवार घोषणा

१३ बैशाख, रामेछाप । रामेछापको पूरानो जिल्ला सदरमुकाम समेटिएको रामेछाप नगरपालिकामा प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले मेयर उपमेयरको टुंगो लगाएका छन् । एमालेले यसअघिनै रोशन पाख्रिनलाई मेयरमा उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसले बुधवार मेयरमा नगरवहादुर महर उपमेयरमा सिर्जना खड्काको नाम टुंगो लगाएको हो । पार्टीका जिल्ला सभापति लवश्री न्यौपाने रसचिव लेखबहादुर कार्कीको नाम चर्चामा आएको भए पनि काँग्रेसले मगरको नाम तय गरेको छ ।

मगर साविकको हिमगंगा गाविस निवासी हुन् भने खड्का सुकाजोरकी वासिन्दा हुन् । एमालेेले खडा गरेका मेयरका उम्मेदवार रोशन पाखि्रन साबिक ओख्रेनीका बासिन्दा हुन् । पाख्रिन सामाजिक क्षेत्रबाट आएका एमाले नेता हुन् ।

रामेछापमा माओवादी केन्द्रले भने आफ्नो उम्मेदवार टुङ्ग्याउन बाँकी छ । ९ वटा वडा रहेको सो नगरपालिकामा प्रमुख दलहरुले वडाका उम्मेदवारहरु भने लगभग टुङ्गो लगाएको बताए पनि सार्वजनिक भने गरेका छैनन् । रामेछाप नगरपालिकामा एमाले र कांग्रेस बीच प्रतिश्पर्धा हुने देखिएको छ ।

मन्थलीमा कांग्रेस एमाले अनिर्णित

सदरमुकाम रहेको मन्थली नगपालिकामा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखमा तारानारायण श्रेष्ठ र रीतादेवी घिमिरेको नाम टुङ्गो लगाए पनि कांग्रेस र एमालेले आफ्ना उम्मेदवार घोषणा गर्न सकेका छैनन् । १४ वटा वडा रहेको मन्थलीमा माओवादी केन्द्रले ४ वटा बाहेक सबै वडाका उम्मेदवार टुङ्ग्याएको छ ।

एमालेले पनि वडाका उम्मेदवारहरु भने लगभग टुङ्गो लगाई सकेको बताएको छ । तर मेयरमा जिल्ला सचिव आनन्द श्रेष्ठ तथा जिल्ला नेताहरु रमेश बस्नेत र लव श्रेष्ठले दावी नछाडेका कारण टुंगो नलागेको स्रोतले जनाएको छ ।

काँग्रेसले केही वडा बाहेक सबै सम्मेदवारको टुङ्गो लगाउन बाँकी छ । मेयरमा युवराज भट्टराई, गंगा अधिकारी, धु्रव सुवेदी, बिनोद कार्की, कुमार श्रेष्ठ लगायत आधा दर्जन दाबेदार छन् । मन्थलीमा कांग्रेस, एमाले र माओवादी बिच प्रतिष्पर्धा हुने देखिएको छ ।

यसैबीच राप्रपाले बुधवारै मन्थली नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले मन्थलीको मेयरमा रामचन्द्र शर्मा कँडेल र उपमेयरमा रिता माझीलाई उम्मेदवार बनाएको छ ।

गाउँपालिकामा घोषण हुन बाँकी

६ गाउँपालिका मध्ये उमाकुण्डमा कुनै पनि दलले उम्मेदवार घोषणा गरेका छैनन् । गोकुल गंगामा माओवादी केन्द्रले प्रमुखमा प्रेम कार्कीको नाम टुङ्गो लगाएको छ । अन्य दलले प्रमुख र उप्रमुखको टुङ्गो लगाउन सकेका छैनन् ।

लिखुमा एमालेले प्रमुखमा गोविन्द खड्का र उपप्रमुखमा खिम्तिकी दीपशिखा दाहाललाई उम्मेदवार बनाएको छ । बिजुलीकोटका खड्का राप्रपाबाट एमालेमा आएका नेता हुन् । उनी संविधानसभा निर्वाचनमा राप्रपाबाट क्षेत्र नं १ का उम्मेदवार बनेका थिए । माओवादी केन्द्रले सो गाउँपालिकामा तिल्पुङका ध्रुवकार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

खाँडादेवीमा कुनै पनि दलले आफ्ना उम्मेदवार घोषणा गरेका छैनन् । दोरम्बामा एमालेले प्रमुखमा डडुवाका प्रेम लामालाई उम्मेदवार बनाएको छ । उपप्रमुखको भने टुङ्गो लागेको छैन । लाम डडुवाका पूर्वगाविस उपाध्यक्ष समेत हुन् ।

कांग्रेसमा मानबहादुर लामाको नामा टुङ्गो लागेको भनिए पनि आधिकारीक रुपमा आएको छैन । सुनपतिमा एमालेले प्रदिप योञ्जन र पाशाङ् डोल्मा लामालाई प्रमुख र उपप्रमुख बनाउने निर्णय गरेको छ । योञ्जन एमालेबाट विजयी पूर्व जिविस सदस्य समेत हुन् । उनी बिचमा माओवादी पार्टीमा सक्रिय थिए ।

माओवादीको वर्चश्व रहेको भनिएको सुनापतिमा सोही पृष्टभूमिबाट आएका योञ्जनलाई एमालेले उम्मेदवार बनाएको छ । माओवादीका केन्दि्रय स्तरका धेरै नेताहरु समेत रहेको सो गाउँपालिकामा माओवादी, एमाले र कांग्रेसको बिच प्रतिस्पर्धा हुने छ । सो क्षेत्रलाई माओवादीले आफ्नो प्रतिष्ठाको विषय समेत बनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment