Comments Add Comment

कम डोज औषधिमै सर्पदंशका बिरामीको उपचार

 विगतको तुलनामा कम भाइल ‘एन्टिस्नेक भेनम’ले सर्पदंशका बिरामीलाई निको पार्न थालिएको छ ।

एउटा बिरामीलाई एक सय ६५ भाइलसम्म एन्टिस्नेक भेनम दिइने गरेकामा अनुसन्धानपछि ३० भेनम भन्दा बढी दिनु नपरेको पुष्ठी भएको भरतपुर अस्पतालले जनाएको छ ।

स्विजरल्यान्डको जेनेभा विश्वविद्यालयको सहयोगमा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भरतपुर अस्पतालका वरिष्ठ फिजिसियनद्वय डा विजय पौडेल डा कालिदास अधिकारी प्राडा सन्जीव शर्मा र डा छविलाल थापासमेतले अनुसन्धानको एउटा केन्द्र भरतपुर अस्पतालमा राखी उपचारको विधि र सर्पका जातिका विषयमा अनुसन्धान गरिको  थियो ।

अनुसन्धानकर्ता डा पौडेलका अनुसार झापाको चारआलीस्थित सैनिक क्याम्प र दमकको रेडक्रस कार्यालय एवम् चितवनको भरतपुर अस्पतालमा दुई वर्षसम्म गरिएको अनुसन्धानले पनि कम डोजको औषधिबाट बिरामी निको पार्न सकिने पुष्ठी गरेकोे हो ।

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको यो एक भाइल औषधिको रु दुई हजार गरेकामा औषधिको मात्रा घटाउँदा सरकारको करोडौंँ रुपैयाँ बचत हुनाका साथै एन्टिस्नेक भेनमको अभाव नहुने पनि देखिएको छ ।

सर्पका जातका विषयमा पनि अध्ययन जारी छ । नेपालमा ८९ जातका सर्प पाइन्छ । जसमध्ये आठ जातका सर्प विषालुुु हुन्छन् । चितवन र आसपासका जिल्लामा बढी मात्रामा कोभ्रा र करेत जातका विषालु सर्प देखिने गरेका छन् । बर्सेनि देशभरमा करिव २० हजार जनालाई सर्पले टोक्ने गरेकामा एक हजारको मृत्यु हुने गरेको छ ।

सर्पले टोकेको पाँच मिनेटदेखि २४ घन्टाभित्रमा विषको असर देखा पर्ने भएकाले समयमै अस्पताल पु¥याउन सकेमा बचाउन सकिने डा पौडेलले बताए ।

भरतपुर अस्पतालमा मात्रै वार्षिक चारसयदेखि पाँचसयसम्म बिरामी आउने गरेकामा एक सय ५० देखि २०० जनालाई विषालु सर्पले टोक्ने गरेको उनले बताए ।

सातवर्ष अघि सर्पदंशको समयमै उपचार गर्न नसक्दा श्रीमती गुमाउनु भएका भरतपुर महानगरपालिका– ८ का धर्म कार्कीले सर्पले टोक्दा एम्बुलेन्स नपर्खिकन जेजस्तो साधन छ, त्यसमा राखेर सर्पदंशकै उपचार हुने अस्पताल पु¥याउन सके बचाउन सकिने बताए ।

श्रीमतीको मृत्युपछि उहाँले सर्पको टोकाइबाट अकालमा कोही मर्न नपरोस् भन्दै सचेतना अभियान सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment