Comments Add Comment

शंख किन बजाउने ? यस्तो छ चमत्कारिक लाभ

बिहान पूजापाठ गर्दा होस् वा कुनै धार्मिक समारोहमा, शंख बजाइन्छ । शंख किन बजाइएको होला ? सायदैले चासो राखेका होलान् । किनभने यसलाई परम्परा मानेर हामी केवल अनुसरण गरिरहेका छौं । यद्यपी शंख बजाउनुको खास अर्थ, महत्व र फाइदा छ ।

शंख राख्नु, बजाउनु र यसमा पानी राखेर उचित ढंगले प्रयोग गर्नुको खास फाइदा छ ।

१. शंखको धार्मिक महत्व छ । समुन्द्रबाट उत्पति भएको शंख घरमा राख्नु वा बजाउनुलाई शुभ मानिन्छ ।

२. बैज्ञानिक हिसाबले पनि यसको महत्व छ । शंख बजाउँदा पैदा हुने आवाजले वातावरणमा रहेको कति हानिकारक जीवाणु नष्ट हुन्छ ।

३. शंख बजाउँदा फोक्सोको व्यायाम हुन्छ । दमका रोगीलाई बेलुन फुक्न लगाएर जुन किसिमको उपचार विधी अपनाइन्छ, त्यसैगरी शंख फुकेर पनि श्वासप्रश्वास क्रियालाई चुस्त राख्न सकिन्छ ।

४. शंखमा पानी संचित गरेर त्यसलाई पिउने चलन पनि छ । शंखमा राखिएको पानीमा क्याल्शियम, फस्फोरस जस्ता गुण रहेको हुन्छ । यसले हड्डी तथा दाँतको लागि राम्रो काम गर्छ ।

५. वास्तुशास्त्रका अनुसार शंखमा यस्ता केहि गुण हुन्छ, जसले घरमा सकारात्मक उर्जा प्रवाह गर्छ । शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ ।

कब्जियत हटाउन

यदि तपाईलाई कब्जियत छ भने  शंखमा पानी भरेर राख्नुपर्छ, बिहान खाली पेट उक्त पानी सेवन गर्नाले कब्जियत ठीक हुन्छ ।

आँखाको स्वस्थ्यका लागि

आँखालाई लामो समयसम्म निरोगी एवं स्वस्थ्य राख्नका लागि एक रातभर शंखमा राखेको पानीले आँखा धुनुपर्छ ।

अनुहारको सुन्दरताको लागि

शंखमा राखिएको पानीले अनुहारमा मसाज गरियो भने यसले अनुहारमा प्राकृतिक चमक ल्याउँछ ।

केसका लागि

शंखमा राखिएको पानीलाई गुलाब जल मिसाएर केस धुनुपर्छ, केस बलियो, मुलायम र बाक्लो हुन्छ ।

के हो शंख ?

समुन्द्र मन्थनबाट प्राप्त भएको चौदह रत्नमा एक रत्न हो, शंख । हिन्दु धर्ममा शंखको खास महत्व छ । यसलाई माता लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ । शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने विश्वास गरिन्छ । यसले धर्तीलाई जागृत गराउँछ ।

शंख मूख्यतः तीन प्रकारको हुन्छ, दक्षिणावर्ती, मध्यावर्ती र वामावर्ती । यसमध्ये मध्यावर्ती शंख एकदमै दुर्लभ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment