+
+
Shares

पोखरा महानगर र हेटौंडा उपमहानगरसहित ७१ स्थानीय तहमा राप्रपाको उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १७ गते १८:४९

१७ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्बाचन हुनेमध्ये १२ जिल्लाका ७१ स्थानीय तहका प्रमुख र उपप्रमुख उम्मेदवार टुंगो लगाएको छ ।

त्यसमध्ये देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदमा राप्रपाले गिता गुरुङ र उपमेयरमा रमेश खत्रीलाई उठाउने भएको छ । राप्रपाले काठमाडौं, ललितपुर र भरतपुर महानगरको लागि भने उम्मेदवार तोकिसकेको छैन ।

त्यस्तै राप्रपा अध्यक्ष कमल थापाको गृहजिल्ला मकवानपुरको हेटौंडा उपमहानगरको मेयरमा मधु अधिकारीलाई उम्मेदवार बनाउने निर्णय राप्रपाले गरेको छ । उपमेयरको टुंगो लाग्न बाँकी छ ।

राप्रपाले सिन्धुलीका २ नगरपालिका र ५ नगरपालिका, रामेछापका २ नगरपालिका र ४ गाउँपालिका, दोलखाका दुई नगरपालिका, मकवानपुरका १ उपमहानगर, १ नगरपालिका र ७ गाउँपालिका, कास्कीका १ महानगर र ४ गाउँपालिकामा आफ्नो उम्मेदवार घोषणा गरेको छ ।

त्यस्तै म्याग्दीका १ नगरपालिका र ५ गाउँपालिका, बाग्लुङका २ नगरपालिका र ३ गाउँपालिका, रुकुमका ३ नगरपालिका र ६ गाउँपालिका, दैलेखको ३ नगरपालिका र १ गाउँपालिका, जाजरकोटका २ नगरपालिका र ३ गाउँपालिकामा पनि राप्रपाले उम्मेदवार टुंग्याएको छ ।

यस्तै कालीकोटका ३ नगरपालिका र ६ गाउँपालिका तथा मुगुका १ नगरपालिका र ३ गाउँपालिकाका लागि पनि राप्रपाले उम्मेदवार घोषणा गरेको छ ।

जिल्लाको नाम न.पा./गा.पा.को नाम प्रमुख/अध्यक्षको नाम उपप्रमुख/उपाध्यक्षको नाम
सिन्धुली
कमलामाइ नगरपालिका  इन्द्र बहादुर भुजेल देवकी कार्की
दुधौली नगरपालिका  निर्पराध भट्टराई शारदा धामी
गोलन्जोर गाउँपालिका  शेर बहादुर देवकोटा सरिता बयलकोटी
फिक्कल गाउँपालिका  श्याम तामाङ्ग टिका कुमारी खड्का
मरिणठाकुर गाउँपालिका  डिल बहादुर थापा अमृता माया सुनुवार
सुनकोशी गाउँपालिका  सूर्य बहादुर श्रेष्ठ
हरिहरपुरगढी गाउँँपालिका  लक्ष्मी श्रेष्ठ राम लाल राई
रामेछाप
मन्थली नगरपालिका  रामचन्द्र कँडेल रिता माझी
रामेछाप नगरपालिका  सरस्वती श्रेष्ठ सिताराम ढकाल
खाँडादेवी गाउँपालिमा  ठाकुर लामा
गोकुलगंगा गाउँपालिका  केदार बहादुर कार्की
दोरम्बा गाउँपालिका  लाल बहादुर घिसिङ
लिखु गाउँपालिका  गोरे बहादुर तामाङ्ग
दोलखा
जिरी नगरपालिका फेसिमाया जिरेल रामकाजी खड्का
भीमेश्वर नगरपालिका  देवकी बुढाथोकी राजन शिवाकोटी
मकवानपुर
हेटौंडा उपमहानगरपालिका  मधु अधिकारी
थाहा नगरपालिका  हरेराम कार्की
इन्द्रसरोवर गाउँपालिका  देव कुमार लामा
कैलाश गाउँपालिका  भिम लामा शान्ति थिङ्ग
बकैया गाउँपालिका  लक्ष्मी जिम्बा ध्रुव नारायण घिमिरे
वाग्मती गाउँपालिका  दिल बहादुर बल उमा कुमारी ब्लोन
भिमफेदी गाउँपालिका  शिवराम थापा सानुमाया ब्लोन
मकवानपुरगढी गाउँपालिका  खिल प्रसाद चौलागाई हिरादेवी हुँमागाई
मनहरि गाउँपालिका  गोविन्द प्रसाद रिजाल माया कुमारी न्यौपाने
कास्की
पोखरा लेखनाथ मनपा  गिता गुरुङ्ग रमेश खत्री
अन्नपूर्ण गाउँपालिका  कुल बहादुर गुरुङ्ग
माछापुच्छ्रे गाउँपालिका  शिव कुमार बास्तोला
मादी गाउँपालिका  देउ बहादुर गुरुङ्ग धुव्र
रुपा गाउँपालिका  इनद्रमान गुरुङ्ग
म्याग्दी
बेनी नगरपालिका  एकेन्द्र बहादुर रावल सन्जु बरुवाल
अन्नपूर्ण गाउँपालिका तिर्थ बहादुर खड्का ओमदेवी पुर्जा
धवलागिरी गाउँपालिका  दिलिप गौचन लिलु कुमारी छन्त्याल
मंगला गाउँपालिका  योगेन्द्र मान शेरचन सपु विश्वकर्मा
मालिका गाउँपालिका  चक्रपाणी कँडेल दिलकुमारी पुन
रघुगंगा गाउँपालिका अनु पुन बुद्धिबहादुर कार्की
वागलुङ
वागलुङ नगरपालिका  सुरेन्द्र खड्का
जैमिनी नगरपालिका  केशव सापकोटा विना के.सी.
ढोरपाटन नगरपालिका  निम बहादुर भण्डारी नरमती बुढा
काठेखोला गाउँपालिका  देवी प्रसाद कँडेल
ताराखोला गाउँपालिका  भुमा देवी कँडेल
रुकुम
मुसीकोट नगरपालिका  नविन मल्ल कल्पना नाथ योगी
चौरजहारी नगरपालिका  मुकुन्द बहादुर शाह भगवती चन्द
आठबिसकोट नगरपालिका  टेक बहादुर चन्द लक्ष्मी शाही
पुथा उत्तरगंगा गाउँपालिका  भक्ति पुन हिरा बुढा
भूमे गाउँपालिका  जमाना बुढा सिता पुन
सिस्ने गाउँपालिका  सुधिर विक्रम शाह पुष्पा शाह
बाँफिकोट गाउँपालिका  खुम्बु खत्री खम्ब कुमारी शाही
त्रिवेणी गाउँपालिका  देविलाल खड्का हिरा के.सी.
सानीभेरी गाउँपालिका  राम बहादुर पुन निर्मला पुन
दैलेख
नारायण नगरपालिका  गंगाराम बस्नेत कृष्ण कुमारी सिंह
दुल्लु नगरपालिका  गणेश प्रसाद उपाध्याय दुर्गा शाही
चामुण्डा विन्द्रासैनी नगरपालिका  गोविन्द शाही मिना जैसी
महाबु गाउँपालिका  रण बहादुर सिंह कौशल्या सिंह
जाजरकोट
छेडागाड नगरपालिका  जय बहादुर गिरी टिका जैसी
त्रिवेणी नलगाड नगरपालिका  लक्ष्मण सिंह जय कुमारी परियार
कुसे गाउँपालिका  कृष्ण बहादुर सिंह कमला शाही
जुनीचाँदे गाउँपालिका  लाल बहादुर रावत
बारेकोट गाउँपालिका  मोहन सिंह सुमित्रा कुमारी सिंह
कालिकोट
खाँडाचक्र नगरपालिका  सूर्य बहादुर शाही सुशिला मल्ल
रास्कोट नगरपालिका  कालि बहादुर शाही
तिलागुफा नगरपालिका  धनसुर शाही बविता वि.क.
पचालझरना गाउँपालिका  कैला शाही सुरेन्द्र शाही
सान्नी त्रिवेणी गाउँपालिका  विरजित बटाला शान्ति शाही
नरहरिनाथ गाउँपालिका  धन बहादुर बटाला कौशिला बिष्ट
कालिका गाउँपालिका  दिर्घराज शाही मिलीसरा शाही
महावै गाउँपालिका  रण बहादुर शाही मिना सिंह
पलाता गाउँपालिका  बाचु बम निरञ्जन बम
मुगु
छाँयानाथ रारा नगरपालिका  बिरेन्द्र कार्की गौरिकला साउद
मुगुमकार्मारोग गाउँपालिका  कुन्जङ्ग आग्मो तामाङ्ग नोर्के लामा
सोरु गाउँपालिका  जगत बहादुर शाही बेलु शाही
खत्याड गाउँपालिका  मदम बहादुर मल्ल जयलक्ष्मी मल्ल शाही
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?