Comments Add Comment

बाहुबलीको फिटनेस राज,  के गर्छन्, कस्तो खान्छन् ?

यतिबेला हलमा बाहुबलीः द कन्क्लुजनले धुम मच्याइरहेको छ । यससँगै बाहुबली अर्थात अभिनेता प्रभासको अभिनयले दर्शकलाई लोभ्याएको छ । बलिष्ठ, उर्जावान् र पूरुषार्थी युवाको भूमिकामा उनी साँच्चै सुहाएका छन् ।

अग्ला कद, सुगठित ज्यानले पनि हो, प्रभासलाई ‘बाहुबली’ बनाएको । आखिर बाहुबली फेम प्रभासले यति आकर्षक बडी कसरी बनाए होलान् ? त्यसमा उनको अनुशासित दैनिकी, कडा वर्कआउटसँगै सन्तुलित खानपानले काम गरेको छ ।

हरेक फिटनेस कन्सियस युवा बाहुबली जस्तै बन्न चाहन्छन् । भव्य, मजबुद, शक्तिशाली र आकर्षक ।

वास्तवमा प्रभासले बाहुबलीका लागि २० किलो तौल बढाएका थिए । यो काम त्यती सजिलो थिएन । उनले फिल्ममा दुई भिन्न भिन्नै भूमिका निर्वाह गर्नुपर्ने थियो । एक भूमिकामा उनी हट्टा-कट्ठा देखिनु पर्ने थियो भने अर्कोमा दुब्लो, पातलो । उनले दुबै भूमिकामा आफुलाई खरो उतारे ।

१. वर्कआउट

तपाईलाई आश्चर्य लाग्न सक्छ कि, उनी प्रतिदिन कति समय वर्कआउट गर्छन् ? लगभग ३ देखि ६ घण्टासम्म । कहिले कहिं उनी चारदेखि ६ घण्टासम्म वर्कआउट गर्थे ।

२. ब्यायाम

बिहानको समय उनी कार्डियोभास्कुलर एक्सरसाइज गर्छन्, जस्तो दौडने, तैरने, साइकल चलाउने । साँझमा हेभी वेट लिफि्टङ अभ्यास गर्छन् ।

३. खानपान

उनी आफ्नो खानपानमा अधिक सजक छन् । खासगरी फिल्मको भूमिकाका लागि पनि उनले खानपानमा खास ध्यान दिए । शिवुदुको भूमिकाका लागि उनले कार्बोहाइड्रेटको सेवन गरेनन् । बाहुबलीको भूमिकाका लागि ब्राउन राइस, ओट्स, पास्ता खाएका थिए ।

४. नास्ता

नास्तामा उनले अन्डाको सेतो भाग खान्छन् । साथै प्रोटिन पाउडर पनि । उनले पुरै दिनभरमा चालिस वटा अन्डाको सेतो भाग खाएका थिए । नास्तामा २ सय ५० ग्राम चिकन र फलफूल सेवन गरेका थिए ।

५. हरेक दुई घण्टामा खानेकुरा

उनले हरेक दुई घण्टाको अन्तरमा खाना खाएका थिए । दिनमा ६ पटक बदाम, सब्जी र माछा खान्थे ।

६. प्रतिदिन चार हजार क्यालोरी लिने

उनले प्रतिदिन २ हजारदेखि ४ हजार क्यालोरी सेवन गरेका थिए । यदि तपाई भारत्तोलन व्यायाम गर्नुहुन्न भने प्रतिदिन २५ सय भन्दा बढी क्यालोरी लिनुहुन्न ।- एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment