Comments Add Comment

उपेन्द्रले प्रचण्डलाई भने- सरकार त अल्पमतमा पर्‍यो, अब के गर्नुहुन्छ ?

१८ बैशाख, काठमाडौं । सरकारबाट राप्रपाको बहिर्गमनको विषयमा प्रधानमन्त्री र संघीय समाजवादी फोरमका नेताहरुबीच छलफल भएको छ ।

राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएका थिए । भेटमा अध्यक्ष यादवले राप्रपाले सरकार छाडेपछि सरकार अल्पमतमा परेकाले भन्दै अब चुनाव के गर्नुहुन्छ ? भनेर प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए ।

उनले सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाइएकोमा आफूहरु सन्तुष्ट रहेको भन्दै चुनावमा भाग लिन आफूहरु तयार रहेको जानकारी प्रचण्डलाई गराएका थिए ।

मधेसी मोर्चामा आवद्ध ६ दलद्वारा गठित राष्ट्रिय जनता पार्टी नेपालले भने बैशाख ३१ को निर्वाचन प्रक्रियामा भाग नलिने भएको छ ।

यो पनि पढ्नुहोस् 

राजपा नेपालले उम्मेदवारी नदिने, संघीय समाजवादी फोरमले चुनावमा भाग लिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment