१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा दिनेश कोइरालालाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेस पदाधिकारीको मंगलबार बसेको बैठकले कोइरालालाई मेयर र पार्वती शाहलाई उपमेयर उठाउने निर्णय गरेको हो ।
भरतपुर महानगरपालिकाको मेयरका लागि करीव तीन दर्जनले दाबी गरेका थिए । तर, शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच कुरा नमिलेपछि कृष्ण सिटौला पक्षका कोइरालाले बाजी मारेका हुन् ।
भरतपुरमा यसअघि नै एमालेले देवी ज्ञवालीलाई मेयर र दिव्या आचार्यलाई उम्मेदवार तय गरिसकेको छ । माओवादीबाट प्रचण्ड पुत्री रेणु दाहाल मेयरको उम्मेदवार छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4