Comments Add Comment

बलिउडमा यी हुन् सलमानका मुख्य दुश्मन

बलिउड सुपरस्टार सलमान खानका साथी जति छन्, दुश्मन पनि कम छैनन् । साथीका लागि उनी जति दिलदार छन् दुश्मनका लागि उत्तिकै कठोर ।

जसले सलमानलाई एक पटक रिस उठाउँछ उसलाई सलमानले कहिल्यै पनि माफी दिँदैनन् । त्यस्ता पात्रलाई उनी फुटेको आँखाले पनि हेर्न चाहँदैनन् । को-को हुन् त ती पात्रहरु ?

सञ्जय लीला भन्साली

निर्देशक भन्सालीसँग सलमानले फिल्म खामोशी, हम दिन दे चुके सनम लगायतका चर्चित फिल्महरुमा काम गरेका थिए । तर, पछि किन हो भन्सालीले सलमानलाई भाउ दिन छाडे । उनले सलमानलाई लिएर फिल्म गर्नै छाडे र अरु हिरोहरुको पछि लागे ।

त्यसो त पछिल्लोपटक फिल्म बाजीराव मस्तानीका लागि भन्सालीले सलमानसँग कुरा नगरेका होइनन् । तर अन्तिम समयमा आएर उनले फिल्ममा रणवीर सिंहलाई साइन गराए ।

भन्सालीको यस्तो व्यवहारबाट आगो भएका सलमानले पछि यसको बदला पनि लिए । उनले भन्सालीको फिल्म ‘गुजारिश’ लाई सार्वजनिक रुपमै आलोचना गरेका थिए ।

विवेक ओबराय

बलिउडमा सलमानको मुख्य सत्रु मानिन्छ विवेक ओबरायलाई । सलमान अभिनेत्री ऐश्वर्या रायसँग रिलेसनसीपमा रहँदा उनीहरुको दुश्मनी सुरु भएको थियो । त्यतिबेला विवेक ऐश्वर्या र सलमानको बीचमा आएका थिए । यही क्रममा उनले एउटा प्रेस मिटमा सलमानको चर्को आलोचना पनि गरे ।

यो घटनापछि सलमानले विवेकलाई आफ्ना दुश्मनको सूचीमा एक नम्बरमा राखेका हुन् । पछि विवेकको करिअर ओरालो लाग्दै गयो भने सलमान सफलताको सिँढि उक्लिँदै गए । विवेकको ऐश्वर्यासँगको रिलेसनसिप पनि चाँडै नै टुट्यो ।

अर्जुन कपुर

सलमानका दुश्मनको सुचीमा नयाँ थपिएको नाम हो अर्जुन कपुर । अर्जुनको नाम सलमानकी भाउजु मलाइका अरोडा खानसित जोडिदै आएको छ । यी दुईलाई धेरै ठाउँमा एकसाथ देखिएको छ । यसबाट सलमान अर्जुनसित निकै क्रोधित बनेका थिए ।

जब सलमानले उनीहरुको सम्वन्धको विषयमा गाइगुईं सुने, उनले अर्जुनलाई भेटेर सम्झाउन खोजे । तर अर्जुनले त्यसलाई अस्वीकार गरे । यद्यपि उनीहरुको सम्वन्ध निकै अघि बढिसकेको थियो । यही कारणले गर्दा सलमानले अर्जुन कपुरलाई दुश्मनको सुचीमा समावेश गरेका हुन् ।

सरोज खान

बलिउडका प्रख्यात कोरियोग्राफर सरोज खानलाई पनि सलमानले रुचाउँदैनन् । सलमान बलिउडमा संघर्षरत रहेकै बेला उनीहरुको दुश्मनी सुरु भएको थियो । उनीहरु दुवैले त्यतिबेला अन्दाज अपना अपना फिल्ममा सँगै काम गरेका थिए । सलमानले अभिनय गर्ने एउटा गीतलाई सरोज खानले कोरियोग्राफी गर्नुपर्ने थियो ।

तर सो फिल्मका अर्का हिरो आमिर खानभन्दा आफूलाई तल पार्न सरोज खानले राम्रा डान्सिङ स्टेप्स नगराएको महसुस सलमानले गरे । यही निहुमा उनी सरोजसँग नराम्ररी झोक्किए । आजसम्म पनि उनीहरुको सम्वन्ध सुमधुर हुन सकेको छैन । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment