२१ बैशाख, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदबाट माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएको छ । कांग्रेससँग तालमेल गर्ने सहमतिपछि माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका हुन् ।
पार्टीकै निर्देशनअनुसार उम्मेदवारी दिएको र पार्टीकै निर्देशनअनुसार उम्मेदवारी फिर्ता लिएको लामिछानेले अनलाइनखबरसँग बताए ।
पोखराको मेयर पदमा माओवादीका लामिछाने र उपमेयरमा गोमा ढकालले उम्मेदवारी दिएका थिए । ढकालको उम्मेदवारी भने फिर्ता भएको छैन ।
पोखराको मेयर पदका लागि कांग्रेसका रामजी कुँवर र एमालेका मानबहादुर जीसीले उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4