+
+
Shares

भरतपुरमा कांग्रेसका दिनेश कोइरालाको उम्मेदवारी फिर्ता

माओवादीले फिर्ता लियो उपमेयरको उम्मेदवारी

सुवास पण्डित सुवास पण्डित
२०७४ वैशाख २१ गते १७:१५

२१ बैशाख, चितवन । कृष्ण सिटौला पक्षको विरोधका बीच नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारी फिर्ता लिएको छ ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँगको सहमति अनुसार कांग्रेसले दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिएको हो । कांग्रेसले निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएर कोइरालाको उम्मेदवारी फिर्ता लिइएको जानकारी गराएको छ । पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवाकाे हस्ताक्षर छ ।

हेर्नुहोस् कांग्रेसको पत्र –

कांग्रेस र माओवादीबीच तीन ठूला महानगरमा चुनावी तालमेलको सहमति भएको छ । जस अनुसार काठमाडौं र पोखराको मेयरमा माओवादीले कांग्रेसलाई समर्थन गरेको छ भने भरतपुरमा कांग्रेसले माओवादीलाई समर्थन गरेको छ ।

केन्द्रमा चुनावी तालमेलको सहमति भएलगतै चितवनमा कार्यकर्ताले विरोध गरेका थिए । उनीहरुले पार्टी कार्यालय घेराउ गर्नुका साथै पार्टीका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी समेत गरेका थिए । केन्द्रमा पनि कृष्ण सिटौलाले चुनावी तालमेलको विरोध गरेका थिए ।

कांग्रेससँग भएको तालमेलको सहमति अनुसार माओवादी केन्द्रले भरतपुरको उपमेयरको उम्मेदवारी फिर्ता लिएको छ । माओवादीको तर्फबाट उपमेयरमा सुरेन्द्र गुरुङको उम्मेदवारी दर्ता भएको थियो । अब माओवादीले कांग्रेसको उपमेयरको उम्मेदवार पार्वती शाहलाई सघाउने छ ।

माओवादी क्षेत्रनम्बर तीनका इन्चार्ज हितमान शाक्यले चितवन निर्वाचन अधिकृत को कार्यालयलाई लेखेको पत्रमा उपमेयरका उम्मेदवार गुरुङ पार्टीको आधिकारिक नभएकाले फिर्ता लिइएको उल्लेख छ ।

हेर्नुहोस् माओवादीको पत्र 

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?