Comments Add Comment

एमालेको नाराबाजीबीच महाअभियोगले संसदमा प्रबेश पायो

फाइल तस्वीर

२२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीचमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दार्ता भएको महाअभियोगले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ ।

संसदको शुक्रबारको बैठक सुरु भए लगतै एमाले सांसदहरु उठेर विरोध गरेका थिए । तर, सभामुख ओनसरी घर्ती मगरले शुन्य र विशेष समयको कार्यसूची हटाएको जानकारी गराइन् ।

लगतै एमाले संसादहरु रोष्टम घेराउ गर्न आए । सभामुखले सांसदहरुको नाराबाजीतर्फ हेर्दै हेरिनन् र महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय तोकिएको जानकारी दिइन् ।

संसद बैठक अघि सभामुखको आहृवानमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर, कार्कीको कार्यकाल सकिनु अघि नै महाअभियोगबारे संसदले निर्णय गर्नु पर्ने एमालेको मागबारे ठोस सहमति भएन । त्यही कारण एमालेले संसदमा नाराबाजी गरेको थियो ।

तर, सभामुखले नाराबाजीका बीच महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय तोकेकी हुन् ।

संसदको आजै १ बजे बस्ने बैठकमा महाअभियोगबारे छलफल हुनेछ ।

सत्तारुढ कांग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment