Comments Add Comment

सूचनाको विषयले सांसद् र कार्यालय प्रमुखवीच कुटाकुट

२३ वैशाख, काठमाडौं । पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता र वीरगन्जस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सरोज गोइतबीच हात हालाहाल भएको छ ।जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा रहेको डिभिजन कार्यालयमा शुक्रबार साँझ कार्यालय प्रमुख गोइत र सांसद गुप्ताबीच कुटाकुट भएको हो ।

जनता आवास कार्यक्रमका विषयमा विवाद चर्किएपछि गुप्ता र गोइतबीच कुटाकुट भएको हो । जनता आवास कार्यक्रम पर्साको सदस्यसमेत रहेका गुप्ता जनता आवास कार्यक्रमको सूचना माग्न जाँदा विवाद भएको थियो ।

जनता आवास कार्यक्रमका लागि कार्यालय प्रमुख गोइतले करारमा ११ जना कर्मचारी नियुक्त गरेपछि यस विषयमा सूचना माग्न सांसद गुप्ताका प्रतिनिधि र कार्यक्रमका संयोजकसमेत रहेका पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्रबहादुर अमात्यका स्वकीय सचिव अवधेश साह शुक्रबार अपराह्न डिभिजन कार्यालय पुगेका थिए । तर कार्यालय प्रमुख गोइतले सूचना दिन आनाकानी गरेपछि सांसद गुप्ता आफैं गोइतको कार्यकक्षमा पुगे । त्यसपछि दुवैजनाबीच गालीगलौज भयो । सांसद गुप्ताले स्ट्याम्प प्याड र गोइतले मोबाइल प्रहार गरेपछि दुवैबीच कुटाकुट सुरु भएको आजको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment