+
+
Shares

सालझण्डीमा एक युवाको हत्या, जंगलमा भेटियो शव

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ वैशाख २५ गते १९:३८

२५ बैशाख, बुटवल । रुपन्देहीको सालझण्डीमा एक युवकको निर्ममतापूर्वक हत्या भएको छ । टेन्सबर्ग बियरको फ्याक्ट्रीको माकेर्टिङ गर्दै आएका गुल्मी बलेटक्सार घर भएका २५ बर्षीय दामोदर केसीको हत्या भएको हो ।

हत्यापछि जंगलमा रैनीको रुखमा झुन्ड्याइएको अबस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । केसीको मुखमा उनले नै लगाएको गन्जी कोचिएको र हात खुट्टा डोरीले बाधेर झुण्ड्यनएको अवस्थामारुपन्देहीको सालझण्डी ११ उत्तरबगौली जंगलमा उनको शव भेटिएको हो ।

उनी आइतबार टेन्सबर्गमा ड्युटी सकेर घर नर्फकेपछि केसीका दिदी भिनाजूले प्रहरीलाई खबर गरेका थिए । केसी आफ्ना दिदी भिनाजूसँग बुटवल १२ ढवाहामा बस्दै आएका थिए ।

केसीको शब पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?