Comments Add Comment

आर्थिक समाचार: चुनाव प्रचार खर्च १६ अर्ब रुपैयाँभन्दा बढी

२६ वैशाख, काठमाडौं । आगामी आइतवार हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारका लागि अर्बौ रकम खर्च हुने देखिएको छ ।

प्रदेश नं ३,४ र ६ अन्तरगत ३४ जिल्लाका दुईसय ८३ स्थानीय तहमा हुने निर्वाचनका लागि दर्ता भएको ४९ हजार ७१ उम्मेदवार प्रचारप्रसारमा अर्बौ खर्च हुने देखिएको छ । चुनाव प्रचार खर्च १६ अर्ब रुपैयाँभन्दा माथीलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । खर्च गर्न नसक्ने आयोजनाको बजेट कटौती गरिनेलाई नागरिकले लेखेको छ ।

चुक्त पुँजी पु¥याउन कठिनलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । विद्युत चोर्नेसँग दुई अर्ब असुललाई पनि अन्नपूर्णले लेखेको छ ।

दुरसञ्चार कम्पनिले सेयर जारी गर्नुपर्नेलाई पनि अन्नपूर्णले लेखेको छ ।

जनप्रतिनिधीको तलबभत्तामा मात्रै साढे ३ अर्बलाई कारोबारले मुख्य समाचार बनाएको छ । सुशानको अवस्था झन कमजोरलाई पनि कारोबारले लेखेको छ । म्यादीको तलब कतै बैंकबाट कतै नगदमैलाई पनि कारोबारले लेखेको छ ।

उपत्यका र तराईमा १४ नयाँ सहर निर्माणको निर्णयलाई नयाँ पत्रिका दैनिकले लेखेको छ । नेपालमा भन्दा भारतमा धेरै गरिबीलाई पनि नयाँ पत्रिकाले लेखेको छ । बजेटबारे निजी क्षेत्रका थरीथरीका सुझाबलाई नयाँ पत्रिकाले लेखेको छ ।

कामचलाउ बजेट ल्याउने योजनालाई आर्थिक अभियान दैनिकले मुख्य समाचार बनाएको छ । उद्योग विभागमा अनलाइन भुक्तानी र डिजिटल हस्ताक्षरलाई पनि अभियानले लेखेको छ । बैंक तथा वित्तीय संस्थाले कृषि उत्पादनलाई प्रोत्साहन गर्नेलाई पनि अभियानले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment