Comments Add Comment

कञ्चनपुरकाे पुनर्वास नाका नखाेल्न दबाब

२६ वैशाख, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासका खुला नाकाहरु व्यवस्थित नहुँदासम्म बन्दै गर्नुपर्ने स्थानीय नागरिकहरुले माग गरेका छन् ।

भारतले विवादित बनाएको नेपाली भूमि सर्वेक्षण गरी टुँगो नलागेसम्म र नाकालाई व्यवस्थित नबनाएसम्म बन्द कायमै राख्नुपर्ने माग राख्दै स्थानीयले मंगलबार ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा प्रदर्शन समेत गरेका छन् ।

पुनर्वासको नाका खुलाउने विषयमा छलफल अघि बढाएको भन्दै ईलाका प्रहरी र ईलाका प्रशासनको भूमिक शंकास्पद रहेको भन्दै हजारौंको संख्यामा रहेका स्थानीयहरुले ईलाका प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

पुनर्वासको मुख्य बजार आईबिआरडि र प्रतिभानगर बजार मंगलबार दिनभरलाई बन्द गरी बजार व्यावसायी, नेता तथा पुनर्वासका सर्वसाधारणले शान्तिपूर्ण प्रदर्शन गर्दै घुस्याहा प्रहरी मुर्दावाद, नाका खोल्न पाइदैन, राष्ट्रियता बेच्न पाइदैन जस्ता नारा लगाएका थिए ।

भारतीय बजार बसहीको बजार व्यवस्थापन समितिले उद्योग बाणिज्य संघ पुनर्वास र सीमा समन्वय समितिलाई पत्राचार गर्दै नाका खुलाउन माग गरेपछि सोमबार उद्योग बाणिज्य संघको सभाकक्षमा छलफल गरिएको थियो ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तिका प्रमुख नागेन्ऽप्रसाद जोशीले पुनर्वासका नाका बन्द गरेर कसैलाई फाइदा नहुँने भन्दै सीमा सुरक्षा संघर्ष समितिले समेत चित्तबुझ्दो काम नगरेको आरोप लगाए ।

उता सीमा सुरक्षा संघर्ष समितिका अध्यक्ष चन्दमणि गैरेले आफुहरुले सक्ने र जिम्मेवारी पाएको काममा कुनै कसुर नराखेको बताउदैँ प्रहरी प्रशासनले संघर्ष समितिलाई जनाकारी नै नदिई नाका खुलाउने प्रयास गरेको आरोप लगाए ।

उनले सीमा विवाद नटुंगेसम्म कुनै पनि हालतमा नाका सञ्चालन गर्न नदिने बताए ।

गत फागुन २६ गते सोही नाकामा सीमा विवादको विषयलाई लिएर नेपाल भारतबीच भएको विवादले भारतीय एसएसबीको गोली लागि शहीद गोविन्द गौतमले सहादत प्राप्त गरेका थिए ।

भारतीयको गोल लागेको पुष्ठि भैसक्दा पनि अहिले सम्म भारतीय पक्षबाट माफी मागिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment