Comments Add Comment

त्रिशूलीमा ट्रक खस्यो, दुईको उद्दार

२७ वैशाख, चितवन । काठमाडौँबाट हेटौँडातर्फ गइरहेको ट्रक त्रिशूलीमा खसेको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा ट्रक खस्दा दुईजना घाइते भएका छन् ।

चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ट्रक करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो । सो क्रममा उछिट्टिएर भिरमा झरेका दुईजनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ । उद्धार गरिएकामा हेटौंडा उपमहानगरपालिका–१४ का अन्दाजी २० वर्षीय सुरज मगर र सोही स्थान बस्ने अन्दाजी २१ वर्षीय सोनाम लामा रहेको थापाले बताए ।

ट्रक खसेपछि एकजना भागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै थापाले ती व्यक्ति चालक भएको आशङ्का गरिएको बताए ।

ट्रकको माथिल्लो भाग मात्र देखिएकाले नम्बर खुल्न सकेको छैन । ट्रकमा अन्य पनि हुनसक्ने भन्दै नेपाल प्रहरी र विपत् व्यवस्थापन गण कुरिनटारका सशस्त्र प्रहरी परिचालन गरिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment