Comments Add Comment

५ अफेयरपछि मागिबिहे गर्ने मुडमा रणवीर, आमा हेर्दैछिन् केटी

बलिउड अभिनेता रणवीर कपुर प्रेम गर्दा-गर्दा थाकेछन् क्यारे । अहिलेसम्म ५ जना केटीरुसँग अफेयर चलाइसकेका उनी अब चाँडै मागी बिहे गर्ने सुरसारमा छन् ।
भारतको एउटा चर्चित वेबसाइटका अनुसार लन्डनको एउटा प्रख्यात परिवारसँग रणवीरको बिहेको कुरा चलिरहेको छ । हालै उनकी आमा नीतु कपुर केटीको परिवारलाई भेट्न लन्डन पनि गएकी थिइन् । यद्यपि, नीतु र रणवीर दुवैले यस विषयमा मुख खोलेका छैनन् ।

समाचारअनुसार नीतुले केटी मन पराएकी छिन् । उनी आफ्नो छोरालाई राम्ररी हेरविचार गर्ने र हाइफाई क मगर्ने केटीको खोेजीमा थिइन् । लन्डनमा हेरेको केटी ठ्याक्कै उनको सोचबमोजिम भएपछि उनी निकै खुशी छिन् । अब प्रतिक्षा छ रणवीरको बिहेको आधिकारिक घोषणाको ।

स्मरणीय रहोस रणवीर अहिलेसम्म ५ जना केटीहरुसँग प्रेममा परिसकेका छन् । उनकी पहिलो प्रेमिका हुन् अवन्तिका मल्लिक । फिल्म ‘जस्ट मोहब्बत’ को सुटिङका क्रममा उनीहरुको लभ परेको थियोउ । तर, अवन्तिकाले इमरान खानसँग बिहे गरिन् ।

अवन्तिकापछि रणवीरको जीवनमा आइन् सोनम कपुर । २००७ मा बनेको फिल्म ‘सावरीया’ बाट रणवीर र सोनमले बलिउडमा डेब्यू गरेका थिए । फिल्मको सुटिङका क्रममा उनी एकअर्कासँग नजिकएका थिए । तर पछि उनीहरुको ब्रेक अप भयो ।

रणवीरकी तेस्री प्रेमिका हुन् नन्दिता मेहतानी । उनी व्यापारी संजय कपुरकी पहिलो पत्नी हुन् । संजयले पछि नन्दितालाई छोडेर करिश्मा कपूरसँग बिहे गरिन् । सञ्जयसँग सम्वन्ध तोडिएपछि नन्दिताको नाम रणवीरसँग गाँसिएको थियो । तर उनीहरुको सम्वन्ध लामो समय टिकेन ।

चौंथो नम्बरमा आइन् दीपिका पादुकोण । उनीहरुको अफेयर लामो समयसम्म चल्यो । फिल्म उनीहरुले फिल्म ‘बचना ए हसीनों’ मा सँगै काम गरेका थिए ।
रणवीरसँगको सम्वन्धलाई लिएर दीपिका निकै सिरियस थिइन् । यहाँसम्म कि उनले आफ्नो गर्दनमा रणवीरको नामको टाटु खोपाएकी थिइन् । तर अन्ततः उनीहरु अलग भए ।

रणवीरकी अन्तिम प्रेमिका हुन् कैटरिना कैफ । फिल्म ‘अजब प्रेमकी गजब कहानी’ का दौरान उनीहरुको चक्कर सुरु भएको थियो । त्यतिबेला रणवीरको जीवनमा दीपिका थिइन् भने कैटरिना सलमान खानसँग जोडिएकी थिइन् । तर रणवीर र कैटरिना अनायासै नजिकिए । उनीहरु बीचमा हात समातेर डुलिरहेको तस्वीर सार्वजनिक भयो । तर २०१६ मा उनीहरुको सम्वन्ध पनि टुंगियो ।- एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment