३० वैशाख, मकवानपुर । मनहरि गाउँपालिका—१ हाँडीखोलाका माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेती विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएको छन् ।
उप्रेतीको परिवार र गाउँलेका अनुसार उप्रेतीलाई नेकपाले शनिबार बिहानै नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय हेटौंडाले उम्मेदवार अपहरणमा परेको जानकारी दिँदै प्रहरी निरीक्षक मधु थापाको टोली घटनास्थलमा पुगेको बताएको छ ।
आफ्ना विभिन्न सङ्गठनमा आबद्ध व्यक्तिलाई कुनै अपराधजन्य क्रियाकलाप नगरे पनि प्रहरी प्रशासनले नियन्त्रणमा लिएको जनाउँदै नेकपाले उम्मेदवार उप्रेतीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4